
गणेश सुवेदी
नेपाली चलचित्र क्षेत्रमा केही समययता बहार आएको छ । विशेषतः चलचित्रमार्फत् राम्रो आयआर्जन गर्ने सही समय दशैँ र तिहार हो भन्ने बुझेका चलचित्रकर्मीहरूका लागि यो समय महत्वपूर्ण समय हो । विगतका वर्षहरूमा केही आशातित चलचित्रहरूले मात्र राम्रो आर्थिक उपलब्धि प्राप्त गर्दथे । तर, यसपटक भने यो समयमा प्रदर्शन भएका अधिकांश चलचित्रले व्यावसायिक सफलता हात पारे । अझै भनौं नेपाली चलचित्र उद्योगमा नयाँ मानक नै स्थापित गरे ।
चलचित्र मनोरञ्जनको माध्यम हो । दर्शकहरू मनोरञ्जन लिनका लागि मात्रै चलचित्र हेर्न हलसम्म पुग्ने गर्दछन् । निर्माता, निर्देशकहरू विभिन्न स्वाद र विषयवस्तुमा आधारित चलचित्रहरू निर्माण गर्ने गर्दछन् । यसपटक सबै खालका चलचित्रहरू एकभन्दा अर्को राम्रोका रूपमा दरिए । नेपाली चलचित्र क्षेत्रमा आफूलाई फरक परिचय दिलाउन सफल दीपक/दीपाहरूको चलचित्र, नेपाली र भोजपुरी चलचित्रका सुपरस्टार विराज भट्टको चलचित्र, सुरज पौडेल निर्देशित चलचित्र र ज्योतिष विज्ञानमा चर्चित ज्योतिषीका रूपमा परिचित ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीको चलचित्रले हलचल नै ल्याइदिए ।
प्रस्तुतिलाई जीवन्त बनाउन हरेक विधा र विषयविज्ञको महत्वपूर्ण भूमिका हुने गर्दछ । यसतर्फ चलचित्र निर्माता निर्देशकको ध्यान गएमा सानो लगानीमा पनि राम्रा चलचित्रहरू निर्माण गर्न सकिन्छ भन्ने दृष्टान्त पनि हाम्रै वरिपरि रहेका छन् । यसर्थ नेपाली चलचित्रको श्रीवृद्धिका लागि हामी आफैं जिम्मेवार बनेर अगाडि बढ्नु नै हाम्रा लागि श्रेयस्कर छ ।
यसले चलचित्र क्षेत्रलाई उथलपुथल गरिदिएको छ । अहिले दशकौंदेखि चलचित्र निर्माणलाई थाती राखेका निर्माता/निर्देशकहरू पुनर्जागृत भएका छन् भने नयाँ निर्माता निर्देशकहरूमा रौनकता थपिएको छ । यसै मेसोमा धेरै चलचित्रकर्मीहरूले चलचित्र निर्माणको घोषणासमेत गरेका छन् भने कतिपयले चुपचाप चलचित्र निर्माण गर्न थालिसकेका छन् ।
चलचित्रकर्मीहरूले चलचित्र क्षेत्रलाई उद्योगका रूपमा स्वीकार गरे पनि राज्य संयन्त्रले यस क्षेत्रलाई उद्योगका रूपमा स्वीकार गर्न सकेको छैन । सबैभन्दा ठूलो अन्याय राज्यले चलचित्र क्षेत्रलाई गरेको छ । जसले गर्दा चलचित्र निर्माणमा लाग्ने लगानी व्यक्तिगतरूपमा मात्र लगाउनुपर्दा चलचित्रले जुन उचाइ प्राप्त गर्नुपर्ने हो, त्यति उचाइ हासिल गर्न सक्दैन । नेपाली चलचित्रहरू अहिले पनि सीमित बजेटमा निर्माण हुने गर्दछन् । सीमित बजेटमा निर्माण गरिएका नेपाली चलचित्रले विश्व बजारका महँगा तथा ठूला-ठूला बजेटमा निर्माण गरिएका चलचित्रहरूसँग प्रतिस्पर्धा गर्नुपरेको छ । त्यस प्रतिस्पर्धाबीच नेपाली चलचित्र फिक्का लाग्नु स्वाभाविकै हो ।
अहिले चलचित्र क्षेत्रमा मानकका रूपमा स्थापित चलचित्र पूर्णबहादुरको सारंगीको व्यापार हेर्दा नै थाहा हुन्छ कि एउटा राम्रो चलचित्रले कति व्यापार गर्न सक्दोरहेछ । यसलाई हेरेर राज्यले चलचित्र क्षेत्रलाई अन्य उद्योगसरह व्यवहार गर्न राज्य संयन्त्रलाई निर्देशन दिनुपर्दछ र चलचित्र विकास बोर्डलाई स्वायत्तता प्रदान गर्नुपर्दछ । ता कि चलचित्र क्षेत्रका लागि स्वयं चलचित्रकर्मीहरूले आफू अनुकूलको नीति निर्माण गरी अघि बढ्न सकून् ।
चलचित्र उत्कृष्ट चलचित्रका रूपमा दरिने चलचित्र जस्तो हुनुपर्दछ । हेर्दा पनि चलचित्र जस्तो लाग्नुपर्दछ, नाटकीय देखिनुहुँदैन । तबमात्र चलचित्र सफल हुन्छ । पछिल्लो चरणमा केही चलचित्रकर्मीहरूलाई छोडी अधिकांश चलचित्रहरू लहडका रूपमा निर्माण भए । यसकारण अधिकांश चलचित्रहरू व्यावसायिकरूपमा असफल रहे ।
चलचित्र भनेको पर्दामा देखिने कथानक हो । यसले दर्शकलाई आफूसँगै डोर्याउन सक्नुपर्दछ । दर्शकहरू कुनै एक पात्रमा सवार भएर यात्रा गर्न सक्नुपर्दछ, त्यसमा पनि अझ विशेष गरी प्रमुख पात्रमा । पछिल्लो चरणमा सफल चलचित्रहरू सफल हुनु पनि यही नै कारण हो । चाहे छक्कापञ्जा होस, चाहे बाह्रगाउँ या पूर्णबहादुरको सारंगी, यिनीहरूले दर्शकलाई यसरी बाँधेकी कि चलचित्र नसकिउन्जेल छोड्दै छोडेनन् । अझै भन्ने हो भने पूर्णबहादुरको सारंगीले त दर्शकलाई हलबाट बाहिर निक्लिँदा समेत म दर्शक हुँ भन्ने कुरा नै बिर्साइदियो । यसैगरी अर्को सफल चलचित्र ह्रस्वदीर्घले पूर्णरूपमा दर्शकलाई बाँध्न सकेको भए चलचित्रले अझै राम्रो व्यापार गर्न सक्थ्यो ।
प्रयोग हुने ध्वनि र पात्रहरूको अभिनयले नै प्रस्तुतिलाई जीवन प्रदान गर्दछ । नेपालको हकमा पात्रहरूको अभिव्यक्तिलाई भन्दा पनि लोकेसन, प्रविधि, परिधान, गीत संगीतलाई बढी प्राथमिकता दिएको हो कि जस्तो लाग्दछ । नत्र अधिकांश चलचित्रहरू राम्रो स्क्रिप्टमा नै निर्माण हुने गर्दछन् तर थोरै मात्रै राम्रा बन्दछन् अर्थात् थोरै चलचित्रमात्रै उत्कृष्ट कोटिमा पर्न सफल हुन्छन् ।
चलचित्र राम्रो भएर पनि केही चलचित्रहरू व्यावसायिकरूपमा असफल भएका छन् । यसबाट चलचित्र उद्योगलाई नोक्सानी हुन्छ । निर्माताहरूमा नैराश्यता बढ्न जान्छ । जति राम्रो चलचित्र निर्माण गरे पनि घाटा बेहोर्नुपर्दा अर्को चलचित्र निर्माणमा उनीहरूको उत्साह नहुन सक्छ । यसतर्फ पनि चलचित्र विकास बोर्डको ध्यान जानुपर्दछ । यस्ता चलचित्रहरूको छनोट गरी पुनः प्रदर्शनको बाटो खोलिदिनुपर्दछ या भनौँ कुन कारण सो चलचित्रले व्यावसायिक सफलता प्राप्त गर्न सकेन त्यसतर्फ ध्यान दिई आगामी रणनीति निर्माण गर्नुपर्दछ । अहिले चलचित्र विकास बोर्डको गतिविधि हेर्दा चलचित्र दर्ता गर्ने संस्थाका रूपमा मात्र क्रियाशील रहेको देखिन्छ ।
चलचित्र श्रव्यदृश्यको माध्यम हो । यसमा प्रयोग हुने ध्वनि र पात्रहरूको अभिनयले नै यसलाई जीवन प्रदान गर्दछ । नेपालको हकमा पात्रहरूको अभिव्यक्तिलाई भन्दा पनि लोकेसन, प्रविधि, परिधान, गीत संगीतलाई बढी प्राथमिकता दिएको हो कि जस्तो लाग्दछ । नत्र अधिकांश चलचित्रहरू राम्रो स्क्रिप्टमा नै निर्माण हुने गर्दछन् तर थोरै मात्रै राम्रो चलचित्र बन्दछन् अर्थात् थोरै चलचित्रमात्रै उत्कृष्ट कोटिमा पर्न सफल हुन्छन् । यसमा कलाकारहरूको आंगिक अभिनय नाटकीय लाग्नु, सिक्दै गरेको जस्तो देखिनु, संवादमा स्वाभाविकता नलाग्नु आदि कारणले पनि चलचित्रहरू असफल हुन्छन् । चलचित्रकर्मीहरूले प्रविधिसँगै पात्रहरू छनोट गर्न चुक्नु पनि असफलतातर्फ उन्मुख हुनु हो । नत्र नेपालमा वार्षिकरूपमा निर्माण हुने चलचित्रको संख्या हेर्दा यसलाई सामान्यरूपमा लिन सकिँदैन अर्थात् एक हप्तामा दुई तीनवटा चलचित्र प्रदर्शन हुनु सामान्य पक्कै होइन ।
समग्रमा चलचित्र भनेको मनोरञ्जनको माध्यम हो । यसलाई जीवन्त बनाउन हरेक विधा र विषयविज्ञको महत्वपूर्ण भूमिका हुने गर्दछ । यसतर्फ चलचित्र निर्माता निर्देशकको ध्यान गएमा सानो लगानीमा पनि राम्रा चलचित्रहरू निर्माण गर्न सकिन्छ भन्ने दृष्टान्त पनि हाम्रै वरिपरि रहेका छन् । यसर्थ नेपाली चलचित्रको श्रीवृद्धिका लागि हामी आफैं जिम्मेवार बनेर अगाडि बढ्नु नै हाम्रा लागि श्रेयस्कर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच