आइएनआई सिनेमा हल सञ्चालनमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आइएनआई सिनेमा हल सञ्चालनमा ल्याउनुभएको छ । बानेश्वरस्थित एनबी सेन्टरमा आइएनआई सिनेमाको फ्रेन्चाइजअन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याइएको हो । १० करोड रुपैयाँ लागतमा निर्माण गरिएको यो सिनेमा हल शुक्रबार एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कलाकार हरिवंश आचार्यले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।

सिनेमा हल उद्घाटन कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र बनाउनु पनि तपस्या गरे सरह रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै अभिनेता तथा निर्माता दीपकराज गिरीले नेपाली चलचित्र उद्योगले सरकारबाट आवश्यक सुविधा नपाएको गुनासो गर्नुभयो । उहाँले निर्माताले चलचित्र भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर हुनुपर्ने बताउनुभयो । उहाँले आफ्नो सिनेमा हलबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउने घोषणा गर्नुभयो । गिरीले हल चार सय सिट क्षमताको रहेको र दुइटा अडिटोरियम हल रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?