१५ वर्षीया बालिकामाथि ९ जनाद्वारा सामूहिक बलात्कार, गर्भवती भएपछि खुल्यो रहस्य

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

-नन्दराम जैशी

सुर्खेत । डोल्पामा एक १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । बालिका गर्भपछि भएपछि सामूहिक बलात्कारको रहस्य खुलेको हो ।

डोल्पाको जगदुल्ला गाउँपालिकामा स्थानीय ९ जना युवा मिलेर १५ वर्षीय बालिकामाथि बलात्कार गरेको रहस्य खुलेको छ । बालिकाको गर्भमा ६ महिनाको बच्चा रहेको पुष्टि भएपछि घटनाबारे बालिकाले बोलेकी हुन् ।

बलात्कृत भएको ६ महिनापछि बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दिएका छन् । पीडित परिवारका अनुसार प्रहरीमा उजुरी दिएसँगै घटनामा संलग्न ९ जनामध्ये ३ जना पक्राउ परेका छन् ।

केही दिनअघि आफन्तहरूले बालिकामाथि स्थानीय ९ जना केटाहरूले बलात्कार गरेको आरोपमा किटानी जाहेरी दर्ता गराएपछि घटनामा संलग्नमध्ये ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३ जनामध्ये एक जनालाई मुगुबाट र २ जनालाई जुम्लाबाट प्रहरीले पक्राउ गरेको हो । अरु सबै फरार छन् । फरार सूचीमा रहेकालाई पक्राउ गर्न सजिलो होस् भनेर उनीहरूको पहिचान गोप्य राखिएको छ ।

पहिला घटनाबारे थाहा नभएपनि पछि बालिकाको पेटमा बच्चा हुर्कँदै गरेको परिवारले थाहा पाएपछि बालिकालाई सोधपुछ गरी ९ जनाका नाममा किटानी जाहेरी दिएको डीएसपी बुढाथोकीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?