
भोजपुर । सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमा सूचिकृत मुन्दुम पदमार्गमा भौतिक संरचना निर्माण र मर्मतका कामहरु सुरु गरिएको छ । सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण बर्ष घोषणा गरिएसँगै संरचना निर्माणको काम पनि सुरु गरिएको आयोजक टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
एक लाख पर्यटक भित्राउने उद्धेश्यका साथ मुन्दुम ट्रेल भ्रमण वर्ष आगामी माघ एक गतेबाट औपचारिकरुपमा सुरु हुदै छ । मुन्दुम पदमार्गले छोएका स्थानीय पालिकाहरुले आफनो क्षेत्रमा बिभन्न कार्यक्रमहरुको आयोजना गर्ने छन । गाउँपालिका अध्यक्ष बस्नेतले भन्नुभयो, “प्राकृतिक सौन्दर्य र किराँत मुन्दुमी संस्कृतिले भरिपूर्ण मुन्दुम पदमार्ग पूर्वकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले उक्त पदमार्गमा एक वर्षमा एक लाख पर्यटक भित्राउने उद्धेश्यका साथ मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ आयोजना गरिएको हो ।”
पर्यटन भ्रमण वर्षमा पदमार्गमा आउने पर्यटकहरुलाई लक्षित गरी टेम्केमैयुङ गाउँपालिकाले २३ जना गाईड र भरीयालाई तालिम समेत दिएर तयारी अवथामा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकेन पौडेलले बताउनुभयो । पदमार्गमा देखिएका खानेपानी, वासस्थान र शौचालयको समस्यालाई समाधान गर्न काम समेत सुरु भईसकेको पौडेलले जानकारी दिनुभयो ।
पदमार्गमा रहेका भौतिक संरचनाहरुको निर्माणका लागि यसै आर्थिक बर्षमा खर्च हुने गरी एक करोड ८५ लाख बजेटको काम हुने गाउँपालिकाले जनाएको छ । लेकाली हावापानीसँगै हिमाललाई नजिकबाट नियाल्न सकिने यो पदमार्ग पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । पर्यटकहरु समुन्द्री सतहदेखि करिब चार हजार एक सय ५४ मिटरको उचाईमा रहेको सिलिचुङसम्म पुगेर फर्किने गर्दछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच