भोजपुर । पुस महिनाको चिसो मौसममा भोजपुरको टुँडिखेलमा प्रथम नेपाली तारा दीपक लिम्बुलाई हेर्न र उनले गाएको गीत सुन्न बुधवार दिउँसोदेखि भोजपुरका स्थानीय दुई सय सयको टिकट काटेर तयारी अवस्थामा थिए । तर बेलुका साँढे पाँच बजेबाट मात्र लिम्बुको प्रवेश स्टेजमा भयो । उनलाई भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आले लगायतले स्वागत गरेका थिए ।
भोजपुरको ऐतिहासिक नगर डवली मेलाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा गायक लिम्बुले 'सागर बरु सुकेर गैजाला' भन्ने गीतबाट आफनो पहिलो प्रस्तुती थालेका थिए । उनले गीत गाउँदै गर्दा भोजपुरेहरुले हुटिङ समेत गरेका छन् ।
दीपकले चर्चित गीत 'मुटु माग्यौ तिमीले, कहाँ होला स्वर्ग, नाई नभन्नु ल, कसले चोर्यो मेरो मन, सिम्पल सिम्पल कान्छीको, तिम्रो यादमा' लगायतका गीतहरु सुनाएर उपस्थित दर्शकहरूलाई समेत मज्जाले नचाए ।
सांगीतिक कार्यक्रममा स्थानीय डान्स सेन्टरका कलाकारका साथै वाईटी डान्स स्टुडियो काठमाण्डौका कलाकारहरुले समेत आकर्षक नृत्य प्रस्तुत गरेर थप मनोरञ्जन प्रदान गरेका थिए । दर्शकको बाक्लो उपस्थिती बीच जमेको सांगीतिक कार्यक्रममा युवायुवतीहरुमा थप उत्साह देखिएको थियो ।
गत पुस ५ गतेबाट सुरु मेला आगामी माघ १ गतेसम्म संचालन हुनेछ । मेलाका क्रममा दैनिक कलाकारहरुबाट सांगीतिक कार्यक्रम हुँदै आएको आयोजक संस्थाका सदस्य देउप्रकाश राईले बताउनुभयो । उहाँले आगामी दिनमाहरुमा पनि राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने बताउनुभयो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच