अजोडको सेयर रजिस्ट्रारमा कुमारी क्यापिटल

Read Time = 1 min

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्न सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमबीच कुमारी क्यापिटलका अश्विनबाबु श्रेष्ठ र अजोड इन्स्योरेन्सका कुमारबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनीको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य कुमारी क्यापिटलमार्फत् हुने बताइएको छ ।

अजोड इन्स्योरेन्सकोे सम्पूर्ण तथ्यांक क्यापिटललाई प्राप्त नभइसकेकाले आधिकारिकरूपमा सेवा प्रारम्भपछि सोसम्बन्धी सूचना प्रकाशित गरिने पनि कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?