काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं ४ ले नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले गरेको निर्णय अनुसार १०० दिने विशेष अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
पार्टीका वडा सभापति रामप्रसाद न्याैपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल पूर्व मन्त्री एवम् नेता नरहरि आचार्यको उपस्थितिसहित स्थानीय तहका जनप्रतिनिधि र कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ४ मा रहेका जिल्ला, क्षेत्र, प्रदेश र नगरका सदस्यहरु, भातृ संस्थाका पदाधिकारीहरु, वडा समिति, टोल कार्य समिति, क्षेत्रीय प्रतिनिधिहरुको उपस्थितिमा १०० दिने विशेष अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माणलगायतका कार्य समयमै गर्न गराउन, अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन सो अभियान थालिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच