पोखरा ।पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान जारी छ ।
उहाँको बयान हिजोदेखि सुरू भएको हो ।
न्यायाधीस नीतिज राईको इजलासमा जारी बयानमा उहाँले आफूमाथि लागेका आरोप अस्वीकार गर्नुभएको छ। उहाँले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको र जीवी राई सम्पूर्ण ठगीमा संलग्न रहेको बताउनु भएको छ।
गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
लामिछानेसहित १९ जनाविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलाइएको छ।
लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान शुरू हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच