सीताराम गुरुङसँगको मेरो परिचय धेरै पुरानो होइन । पाँच सात वर्ष पहिलेदेखि कहीँ कतै देखभेट हुँदै आए पनि त्यो सामान्य परिचयमा सीमित थियो । केही वर्षदेखि भेटघाट सघन हुँदै आयो, सम्बन्ध गहिरो बन्दै गयो । हामीले यसलाई निरन्तरता दिँदै गयौँ । म ओखलढुङ्गामा जन्मिएको हुँ र उहाँ पनि ओखलढुङ्गाकै हुनुहुन्छ । सदरमुकामबाट अलिकति पश्चिम बिगुटार मेरो घर हो भने उहाँको घर अलिकति पूर्व रुम्जाटार हो । म ‘ओखलढुङ्गा कला साहित्य समाज’ मा सल्लाहकार छु । उहाँ यस संस्थाको संरक्षक हुनुहुन्छ । ओखलढुङ्गाबाट काठमाडौँमा आएर बसेका कलाकार र साहित्यकारलाई सङ्गठित तथा एकीकृत गर्ने उद्देश्यबाट यो संस्था स्थापना गरिएको हो ।
यसमा धेरैजना प्रतिभाशाली, मिहिनेती र सहयोगी साथी आबद्ध हुनुहुन्छ । मनोरञ्जनका लागि, संस्कृतिको निरन्तरताको महान् लक्ष्य तथा संस्थाका लागि आर्थिक सङ्कलनको समेत सोचबाट हामी वर्षै पिच्छे तिहारमा देउसीभैलो खेल्ने गर्छौँ । सीताराम गुरुङकोमा पनि नियमित रूपमा गइरहेका छौँ । उहाँ आफ्नो सामथ्र्यले भ्याएको सहयोग गर्दै आइरहनुभएको छ । गतवर्ष त उहाँले ओखलढुङ्गा कला साहित्य समाजको जिल्लास्थित भवन निर्माणार्थ भनेर ओखलढुङ्गा बजारमा एउटा घडेरी दिने घोषाण नै गर्नुभएको छ । त्यसपछि भलादमी, कम बोल्ने तर तौली तौली बोल्ने स्वभावका गुरुङसँग अन्तरसंवाद गर्ने मनसाय मैले बनाएँ ।
राजनीतितर्फ गुरुङ हाल एमाले पार्टीमा सक्रिय हुनुहुन्छ । सुरुमा उहाँ २०४२ सालमा निर्मल लामा पक्षको अनेरास्ववियु जिल्ला उपाध्यक्ष भएर १६ वर्षको उमेरदेखि लाग्नुभएको थियो । उहाँको पार्टीलाई त्यसबेला चौथो महाधिवेशन (चौम) भनिन्थ्यो । २०५१ सालमा उहाँ नेकपा एमाले प्रवेश गर्नुभयो । विद्यार्थीकालमा उहाँ हीरालाल कलेजको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुनुभएको थियो ।
हाम्रो बसाइ पनि काठमाडौँमा धेरै टाढा छैन निकटमै छौँ । म बुढानीलकण्ठ नगरपालिकाको वडा–१२ को कपन, फैकामा बस्छु भने उहाँ महाँकाल ओरालोमा भृकुटी चोक र तेन्जिङ चोकको बीचतिर बस्नुहुन्छ । उहाँ र म दुबैजनालाई सजिलो हुनेगरी निर्धारण गरिएको समयमका म उहाँकै घरमा गएँ र उहाँसँग अन्तरसंवाद गरेँ । उहाँ अष्ट्रेलिया जाने तयारीमा हुनुहुन्थ्यो तर केही घण्टा समय निकालेरै हामीले कुराकानी ग¥यौँ । उहाँ आउन्जेल मैले यसको लेखन कार्य पूरा गरेँ र उहाँ आएपछि हामी पुनः भेटघाट गरेर यसलाई पूरा गर्ने काम गर्यौँ ।
सीताराम गुरुङ विसं २०२६ साल कात्तिक ७ गते ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा जन्मिनुभएको हो । पहिले रुम्जाटार गाउँ पञ्चायत र साविक रुम्जाटार गाउँ विकास समिति हाल सिद्धिचरण नगरपालिका वडा-४ मा पर्छ । ओखलढुङ्गा जिल्लाको मात्र नभएर नेपालको पूर्वी पहाडी क्षेत्रकै सबैभन्दा ठूलो र सुन्दर टार हो रुम्जाटार । समथर जग्गालाई ‘टार’ भनिन्छ भने त्यहाँ पहिले रुम्डाली राईहरूले राज्य गरेको हुँदा त्यस ठाउँलाई रौराज्यटारर रौजाटारभन्दा भन्दै पछि त्यो शब्द अपभ्रंश भएर ‘रुम्जाटार’ भएको हो भनिन्छ । अहिले पनि रुम्जाटारका वरिपरि रुम्डाली राईहरूको बसोवास रहेको पाइने भएकाले यसलाई विश्वसनीय मान्न सकिन्छ । गुरुङहरूको आधिक्य रहेको रुम्जाटारमा बाहुन, क्षेत्री, राई, नेवार, कामी, दमाईं र मगरहरूको पनि बसोवास छ ।
यस सुन्दर टारमा एउटा हवाई मैदान पनि रहेको छ । पहिले पहिले पिलाटस पोटर भनिने सानो सातजनाको क्षमता भएको हवाईजहाज जाने गथ्र्यो । हाल उक्त हवाईजहाज संसारबाटै विस्थापित भइसकेको छ । पछि ट्वीनअटर भनिने १८-२१ जनाको क्षमता भएको हवाईजहाज जाने गरेकोमा पछिल्लो समयमा गाउँगाउँसम्म गाडीको सुविधा भएको हुँदा त्यहाँको हवाई सेवा बन्द जस्तै रहेको थियो तर हाल पुनः सञ्चालन हुनथालेको छ । हवाई मैदान भएकाले पनि रुम्जाटार तत्कालीन अवस्थामा अन्य गाउँहरूको तुलनामा सुगम मानिने गथ्र्यो । खेलकुदमा अग्रणी यो गाउँ शिक्षा र स्वास्थ्यलगायत अन्य विभिन्न क्षेत्रमा अग्रणी रहेको छ ।
यसका साथै रुम्जाटार पूर्वाधारको समेत विकास भएको अग्रणी ठाउँ हो । यहाँ ओखलढुङ्गा जिल्ला अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, हवाइ उड्डयन प्राधिकरण जिल्ला शाखा, नेपाल विद्युत् प्राधिकरणको जिल्ला शाखा, इलाका प्रहरी कार्यालय, गोरखा वेलफर कार्यालय, कोशी प्रदेशको नमुना बौद्ध गुम्बा, इलाका वन कार्यालय, इलाका हुलाक कार्यालय, रुम्जाटार क्याम्पस, बैंक तथा सहकारीलगायत कार्यालयका साथै अन्य धेरै संघसंस्थासमेत छन् । रुम्जाटारमा बेलायती, भारतीय तथा नेपाली सेनाका उच्च पदस्त बहालवाला तथा अवकाश प्राप्त व्यक्तिको सङ्ख्या अत्यधिक छ । रुम्जाटारको अर्को एउटा मौलिक पहिचान पनि छ, त्यो हो भेडा पालन र राडीपाखीहरूको उत्पादन । त्यहाँको यो मौलिक पहिचान हाल हराउँदै गएको भए तापनि केही व्यक्तिले अझै पुख्र्यौली व्यवसाय धानिरहेका छन् ।
एकातिर यहाँका मानिसहरू राजदरबार निकट रहेका र अर्कोतिर बेलायती तथा भारतीय सेनामा जागिर खान जानेहरूको सङ्ख्या पनि अत्यधिक भएकाले यो गाउँ शिक्षितहरूको गाउँका रूपमा चिनिँदै आएको हो । हो, यही गाउँमा धनबहादुर गुरुङ र पदमकुमारी गुरुङका छोराका रूपमा सीताराम गुरुङको जन्म भएको हो । मातापिताका चारजना छोराछोरीमध्ये उहाँ तेस्रो सन्तान हुनुहुन्छ भने छोराहरूमा एक्लो हुनुहुन्छ । उहाँका दुईजना दिदीहरू इन्द्रकुमारी गुरुङ र उमा गुरुङ हुनुभएकोमा हालैमात्र उहाँकी दिदी उमा गुरुङको निधन भएको छ । उहाँकी एकजना बहिनी तारामैयाँ गुरुङ हुनुहुन्छ र उहाँ युके (बेलायत)मा बस्दै आउनुभएको छ ।
राजनीतिज्ञ, व्यवसायी तथा समाजसेवीका रूपमा चिनिँदै आउनुभएका सीताराम गुरुङको विवाह २४ वर्षको उमेरमा २०५० साल फागुन २७ गते खोटाङको तत्कालीन दुबेकोल गाविसकी शान्ता गुरुङसँग भएको हो । दुबेकौल साविक गाविस हो भने हाल रावाबेँसी गाउँपालिका वडा-४ मा पर्छ । तत्काल भारतीय सेनामा कार्यरत हितबहादुर गुरुङ तथा तारादेवी गुरुङकी जेठी छोरी शान्ता शालीन र समझदार स्वभावकी हुनुहुन्छ । शान्ताका दुई बहिनी प्रविता गुरुङ र शर्मिला गुरुङका साथै एक भाइ नवराज गुरुङ हुनुहुन्छ जो सफ्टवेर इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले सुरुमा आफ्नै माइती जिल्ला खोटाङको आफ्नै गाउँ दुबेकौलमै रहेर त्यहाँको गङ्गोदय निमाविमा पढाउनुभयो । त्यसपछि उहाँले अलिकति परको भदौरेमा रहेको कालिका निमाविमा पढाउनुभयो ।
राज्यको फितलो कार्यले बेतिथि देखिन आएको छ । यी विभिन्न संस्थाको मापदण्ड तोकिनुपर्छ, सांस्कृतिक र धार्मिक क्षेत्रहरूको पनि स्पष्ट धारणा बनाइनुपर्छ । कतिपय स्थानमा मठमन्दिर र मनेहरू आफ्नो जग्गा छेक्न बनाउने गरिएको पनि देखिन्छ ।
त्यसपछि विवाह गरेर आएकै ओखलढुङ्गा जिल्लाको साविक जन्तरखानी (हाल सिद्धचरण नगरपालिका ६) मा पर्ने नलीडाँडाको थार्पिङ गुम्बा प्रविमा स्थायी भएरै पढाउनुभयो भने पछि उहाँले घरनजिकैको सानीटारस्थित राज्यलक्ष्मी प्राविका काजमा रहेर तीन वर्ष जति पढाउनुभयो । त्यसपछि उहाँले काठमाडौँको तिलगङ्गामा रहेको शारदा निमाविमा पनि पढाउनुभयो । हाल उहाँ काठमाडौँको कपन फैकामा रहेको बालकुमारी माविमा पढाइरहनुभएको छ ।
उहाँहरूका दुईजना छोरा र एकजना छोरी हुनुहुन्छ । जेठो छोरा सिशान्त गुरुङले अष्ट्रेलियाको सेन्ट्रल क्विइन्सल्यान्ड युनिभर्सिटी मेलबर्नबाट सन् २०१९ मा एमपिए (मास्टर्स इन प्रोफेसनल एकाउन्टिङ) गर्नुभएको छ । यो अन्तरसंवाद गरेको तेस्रो दिन गुरुङ दम्पती उनै जेठा छोरा रहेको अष्ट्रेलिया जानुभएको हो । कान्छो छोरा आदर गुरुङ काठमाडौँको ड्याफोडिल स्कुलमा १० कक्षामा पढ्दै हुनुहुन्छ । यी दुई भाइ छोराहरूका बीचको सन्तान अथवा उहाँहरूको दोस्रो सन्तानका रूपमा रहेकी छोरी मेयर इना गुरुङ अमेरिकाको अर्कान्सास स्टेट युनिभरसिटीमा आइटीमा विद्यावारिधि (पिएचडी) को अन्तिम वर्षमा अध्ययनरत हुनुहुन्छ । सीताराम गुरुङका तीनैजना सन्ता हालसम्म अविवाहित हुनुहुन्छ ।
नेपालका ४० वटा जति जिल्लाको भ्रमण गर्नुभएका सीताराम गुरुङले थाइयाड, मलेशिया, हङकङ, भारत, सिंगापुर, दुबई अष्ट्रेलियालगायत देशहरूको भ्रमण गर्नुभएको छ । सीताराम गुरुङले आफ्नो गाउँभन्दा अलिकति माथिको गाउँ सानिटारमा रहेको तत्कालीन राज्यलक्ष्मी प्राथमिक विद्यालयमा कक्षा १ देखि कक्षा तीनसम्म पढ्नुभयो । उक्त विद्यालय हाल माध्यमिक विद्यालय भएको छ । त्यसपछि उहाँले रुम्जाटार मावि रुम्जाटारमा कक्षा १० सम्म पढ्नुभयो र २०४३ सालमा त्यही विद्यालयबाट एसएलसी गर्नुभयो । उहाँले व्यवस्थापनमा प्रविणता प्रमाणपत्र तह (आइकम) काठमाडौँस्थित ठँहिटीको हिरालाल कलेजबाट पूरा गरी स्नातक तहसम्मको अध्ययन गर्नुभयो । सुरुमा उहाँले डेढ वर्षजति अर्थमन्त्रालयमा अस्थायी खरिदारको जागिर खानुभयो । त्यसपछि उहाँले आइएलओको फिल्ड कोअर्डिनेटर भएर बागलुङ, पर्वत र म्याग्दीमा रही डेढ वर्ष काम गर्नुभयो । यसैगरी उहाँले युएनडिपीको फन्डिङ प्रोग्राममा अरू डेढ वर्ष ओखलढुङ्गा जिल्लाकै आफ्नै गाउँ रुम्जाटारमा रहेर काम गर्नुभयो ।
राजनीतितर्फ उहाँ हाल एमाले पार्टीमा सक्रिय हुनुहुन्छ । सुरुमा उहाँ २०४२ सालमा निर्मल लामा पक्षको अनेरास्ववियु जिल्ला उपाध्यक्ष भएर १५ वर्षको उमेरदेखि लाग्नुभएको थियो । उहाँको पार्टीलाई त्यसबेला चौथो महाधिवेशन (चौम) भनिन्थ्यो । २०५१ सालमा उहाँ नेकपा एमाले प्रवेश गर्नुभयो । विद्यार्थीकालमा उहाँ हीरालाल कलेजको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुनुभएको थियो । २०५१ सामलमा उहाँ नेकपा एमालेको ओखलढुङ्गा जिल्लाको इलाका नं-२ को राजनीतिक संयोजक हुनुभएको थियो । त्यसभन्दा पहिले २०५० साल फगुन २२ गते आफ्नो गाउँ रुम्जाटारबाट ८७० जना मानिस लिई सदरमुकाम गएर मलको गोदाम फुटाएर मल बाँड्फाँड गरी लगेको घटनाको नेतृत्व उहाँले गर्नुभएको थियो ।
बाहिर शालीन र भलाद्मी व्यक्तित्व गुरुङ व्यवहारमा भने ठूलो विद्रोही हुनुहुँदो रहेछ भन्ने यस घटनाबाट देखिन्छ । किसानहरूलाई खेतीका बेला मल नदिएर दुःख दिने, त्यसको दुरुपयोग गर्ने सरकारका विरुद्धको विद्रोह थियो त्यो र त्यसको नेतृत्व उहाँले गर्नुभएको थियो । युवा जोश जाँगरका गुरुङले त्यस कार्यको अगुवाइ गर्नुभएको भए पनि उहाँलाई पक्राउ गर्ने र मुद्दा चलाउने काम भने भएन ।
प्रजातन्त्रको मिर्मिरेपछि उहाँ कुनै स्थिर राजनीतिक पार्टी खोजिरहनुभएको थियो तर आफ्नो राजनीतिक विचार अनुसार कम्युनिष्ट पार्टीमै लाग्ने सोच भएका कारण नेकपा एमालेमा प्रवेश गर्नुभयो । स्थानीय तहको दोस्रो निर्वाचन २०५४ सालमा नेकपा एमालेको पक्षबाट रुम्जाटार गाउँ विकास समितिको अध्यक्षमा उहाँले टिकट पाउनुभयो । ओखलढुङ्गा जिल्ला नेपाली काङ्ग्रेसको मजबुत किल्ला भएर पनि उहाँले नेपाली काङ्ग्रेस समर्थक हीरासिंह गुरुङलाई अत्यधिक मतले पराजित गर्नुभयो । हीरासिंहले ४७० मत पाउनुभएको थियो भने उहाँले ९३१ मत प्राप्त गर्नुभएको थियो ।
उहाँले आफ्नो पार्टीको जिल्ला कमिटी सचिवालयमा तेस्रोदेखि सातौं अधिवेशनसम्म १९ वर्ष निरन्तर रही काम गर्नुभयो । यसैगरी उहाँले दुई कार्यकाल कोशी प्रदेश कमिटीमा रहेर काम गर्नुभयो । उहाँले पार्टीको जिल्ला अध्यक्षमा पनि प्रतिस्पर्धा गर्नुभयो र शङ्कर कटुवालसँग पराजित हुनुभयो । पार्टी फोरमहरूमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चमा एक कार्यकाल, तमु हृयुल छोजधी (गुरुङहरूको राष्ट्रिय सङ्गठन)मा २०५८ देखि २०६०) सम्म केन्द्रीय सदस्यमा रहेर एक कार्यकाल काम गर्नुभयो ।
उहाँले राजनीतिक मात्र होइन व्यावसायिक कार्यहरू पनि गर्नुभयो । उहाँले वैदेशिक रोजगार (म्यानपावर)सम्बन्धी कार्यालय खोलेर ११ वर्षसम्म सोसम्बन्धी काम गर्नुभयो भने घरजग्गा व्यवसाय गर्नुभयो । फलाम रातो भएका बेला हिर्काएमात्र त्यसलाई आकार दिन सकिन्छ भने झैँ सही समयमा सञ्चालन गरेका यस्ता व्यवसायबाट उहाँ राम्रो आर्जन गर्न ससफल बन्नुभयो । यसका साथै उहाँले निजी शेयर कारोबार गर्नुका साथै सहकारीको सञ्चालन पनि गर्दै आइरहनुभएको छ । यी सबै व्यवसायबाट उहाँलाई राम्रै आर्थिक लाभ भयो तर उहाँ सबैभन्दा राम्रो चाहिँ वैदेशिक रोजगार प्रवद्र्धनका माध्यमबाट भएको बताउनुहुन्छ ।
सीताराम गुरुङ राजनीतिक तथा व्यावसायिक छविका व्यक्ति त हुँदैहुनुहुन्छ यसका साथै उहाँ समाजसेवी व्यक्तिसमेत हुनुहुन्छ । उहाँले यस्ता धेरै समाजसेवी कार्यसमेत गर्नुभएको छ । उहाँले आफ्नो गाउँ रुम्जाटारस्थित रुम्जाटार बौद्ध गुम्बाको स्थापना र सञ्चालन गर्दै आउनुभएको छ । उहाँ हाल यसको प्रथम उपाध्यक्ष हुनुहुन्छ । यसैगरी उहाँले रुम्जाटार सहकारीको स्थापना, प्रवद्र्धन र त्यसलाई लामो समयसम्म सञ्चालन गर्ने व्यवस्थासमेत मिलाउनुभएको छ । उहाँकै प्रयासमा रुम्जाटारमा सनराइज इङ्ग्लिस स्कुलको स्थापना गरी सञ्चालनको व्यवस्था मिलाउनुभएको छ । सानो कक्षाबाट सुरु गरिएको उक्त विद्यालयमा हाल कक्षा १० सम्मकै पढाइ भइरहेको छ । ५० वटाजति संघसंस्थामा उहाँले अर्थिक तथा भौतिक सहयोग गर्नुभएको छ ।
धार्मिक, सामाजिक र सामुदायिक क्षेत्रमा संलग्न भएर जनताको आयआर्जनका काममा समेत सहयोग पु¥याउनुभएको छ । उहाँ नेपालकै पहिलो गायिका मेलवादेवीको स्मृति प्रतिभा पुरस्कार अक्षय कोषको संयोजक भएकाले यसका लागि लागिरहनुभएको छ । मेलवादेवी रुम्जाटारकै हुनुहुन्थ्यो । पुराना कवि ज्ञानदिलदासकको हित प्रवद्र्धनमा पनि उहाँको सक्रियता छ । ज्ञानदिलदास इलामबाट आएर रुम्जाटारमा बस्नुभएको थियो । प्राथमिककालीन तथा माध्यमिककालीन मात्र होइन हाल पनि रुम्जाटारमा धेरै साहित्यकार, कलाकार, उच्चपदस्त निजामती कर्मचारी तथा प्रहरी प्रशासनका उच्च ओहोदाका व्यक्ति रहँदै आउनुभएको छ । पूर्वएआइजी (अतिरिक्त प्रहरी महानिरीक्षक) विश्वराज पोखरेल पनि यहीँको हुनुहुन्छ ।
उहाँले राजनीतिक पे्ररणा रुम्जाटारकै डिल्लीराम (डिआर) पोखरेलबाट प्राप्त गर्नुभएको हो । डिआर हाल चितवनको भरतपुरमा बसेर साहित्यिक, सामाजिक तथा अनुसन्धानमूलक कार्यहरू गर्दै आइरहनुभएको छ । सीताराम गुरुङ आपूmले व्यावसायिक काम चाहिँ राजनीति थाम्नकै लागि गरेको बताउनुहुन्छ । राजनीति गर्न पैसाको आवश्यकता पर्ने र त्यसका लागि केही व्यावसायिक काम गर्नैपर्ने भएकाले आपूm व्यवसायमा लागेको र व्यवसायबाट राम्रो आर्जन गर्न सफल भएकाले समाजसेवी कार्य गरेको उहाँ बताउनुहुन्छ । उहाँले हालसम्म विभिन्न समाजसेवी कार्यमा ५७ लाख जतिको नगद तथा जग्गाजमिन सहयोग तथा योगदान गर्नुभएको रहेछ । उहाँले ओखलढुङ्गा कला साहित्य समाजका साथै ओखलढुङ्गास्थित जिल्ला सरकारी वकिलको कार्यालय निर्माणार्थ जग्गा दिनुभएको छ । यसबाट उहाँको सामाजिक सेवाको क्षेत्रमा समेत उदार हृदय रहेको थाहा पाउन सकिन्छ ।
सीताराम गुरुङ आफू मध्यम वर्गीय परिवारको सदस्य भएको बताउनुहुन्छ । हालका दिनहरूमा समाजसेवी कामहरूमा बढी संलग्नता देखिएको भए पनि राजनीतिबाट आफू अहिले पनि टाढा नभएको उहाँ बताउनुहुन्छ । हालका दिनहरूमा समाजसेवा गर्छु भनेर विभिन्न व्यक्ति, संघसंस्था तथा गैरसरकारी संस्थासँग पैसा उठाएर खानेहरू बाक्लै भेटिन्छन् । यस्तो अवस्थामा वास्तविक समाजसेवी कसरी चिन्ने र कस्तालाई सहयोग गर्ने ? उहाँ भन्नुहुन्छ, ‘मान्छे चिनेर, विधिविधान र नमुना हेरेरमात्र लगानी गर्नुपर्छ । समाजसेवी व्यक्तिहरूले पैसा उठाउनेमात्र होइन त्यसमा आफूले पनि योगदान गर्नुपर्छ । कसैले राज्यको पैसा धुत्नु हुँदैन । राज्यले पनि बुझेरमात्र दिनुपर्छ ।’
यस्ता समाजसेवी सङ्गठनहरू राजनीतिक प्रभावबाट मुक्त छन् ? उहाँ भन्नुहुन्छ, ‘अँहँ छैनन् । यस्ता संस्थाहरूलाई यस्तो अधिकार चाहिँ दिनुपर्छ तर एकैजना व्यक्ति धेरैतिर संलग्न हुनुहुँदैन । सरकारले राम्ररी अनुगमन गरेर तिनलाई धेरैतिर संलग्न हुन दिनुहँुदैन । एकजना व्यक्तिलाई एउटामात्र संस्थामा आधिकारिकता दिनुपर्छ ।’ यस्ता संस्था एनजिओ हुन् भनेर आरोपित पनि गरिन्छ । यससम्बन्धी उहाँको विचार यस्तो छ, ‘यस्ता धेरै संस्था गुठीअन्तर्गत छन् । एनजिओ पनि छन् । तिनलाई विधि बनाएर नियन्त्रण गर्नुपर्छ र त्यसका लागि मापदण्ड बनाउनुपर्छ । म सरकार तथा सरोकारवाला निकायलाई यही सुझाव दिन चाहन्छु । केही संस्थाले आफैँ पैसा उठाएर पनि काम गरेका छन् । राज्यको फितलो कार्यले बेतिथि देखिन आएको छ । विभिन्न संस्थाको मापदण्ड तोकिनुपर्छ, सांस्कृतिक र धार्मिक क्षेत्रहरूको स्पष्ट धारणा बनाइनुपर्छ । कतिपय स्थानमा मठमन्दिर र मनेबाहरू आफ्नो जग्गा छेक्न बनाउने गरिएको देखिन्छ ।’
तपाईं अहिले राजनीतिमा निष्क्रिय रहनुभएको हो भनेर सोद्घा उहाँ त्यसो होइन भन्नुहुन्छ । ‘म अहिले पनि राजनीतिमै सक्रिय छु राजनीतिक शैली र विकृतिको विरुद्धमा लागेको मात्र हुँँ । राजनीति गर्नेहरूले गुण्डालाई संरक्षण गर्ने र तिनको बाहुबलका आधारमा राजनीति गर्ने गरेका छन् । पैसा जसरी भए पनि कमाउने र त्यसलाई निजी बनाउने कार्यको म विरोधमा छु । म राजनीतिमा पारशदर्शी हुनुपर्छ, पद्धति, संगठन, निष्ठा र सिद्धान्तमा रहेर राजनीति गर्नुपर्छ भन्ने अभियानमा छु’, उहाँ वर्तमानको अभियान र धारणाबारे बताउनुहुन्छ ।
उहाँको लेखनमा रुचि छ, कविताहरू लेख्नुहुन्छ । उहाँले लेखेका कविताको एउटा सङ्ग्रह पुग्न लागेको छ । उहाँ ती कविताहरूको सङ्ग्रह निकाल्ने सोचमा पनि हुनुहुन्छ । उहाँले धेरै संघसंस्थाबाट मान सम्मान र पुरस्कारहरू पाउनुभएको छ तर उहाँ तिनलाई त्यति महत्व दिनुहुन्न । उहाँ मानसम्मानलाई भन्दा योगदानलाई महत्व दिनुहुन्छ । सामाजिक तथा साहित्यिक सांस्कृतिक संघसंस्थामा ५७ लाख बराबरको योगदान गर्ने मानिसले यसरी मान सम्मान तथा प्रमाणपत्र पाउनु स्वाभाविक हुन आउँछ । उहाँका समाजसेवी कार्य अनगिन्ति छन् । समाजसेवी कार्यबाट उहाँ थाक्नुभएको छैन बरू अझै बढी उत्साहित बन्दै जानुभएको छ ।
यसका लागि उहाँसँग अनेकौं योजना छन् । रुम्जाटारमा कोशी प्रदेशको नमुनायोग्य र पर्यटकीय पूर्वाधार स्थापना गर्ने, कला, साहित्य र संस्कृतिलाई समाजबीच अझै लोकप्रिय बनाउने, गीत रेकर्ड गर्ने नेपालकै पहिलो गायिका मेलवादेवीका नाममा स्थापना भएको मेलवादेवी स्मृति पुरस्कारलाई नेपालकै सम्मानित र ऐतिहासिक पुरस्कार बनाउने, पारदर्शिताका लागि जनसरोकारका विषय युट्युब च्यानलमार्फत जनतालाई सुसूचित पार्ने योजना साकार पार्ने कार्यमा उहाँ लागिरहनुभएको छ ।
उहाँ भन्नुहुन्छ, ‘अहिले आयोगहरू धेरै भए १८-१९ वटा आयोगको काम छैन । महिला, दलित, जनजाति, मुस्लिमलगायत जात, धर्म, वर्ग, लिङ्ग क्षेत्रका आधारमा अनेकौं आयोग भएर पनि अझै विभिन्न आयोगको माग भइरहेको अवस्थामा सीताराम गुरुङ भने यस्तो फरक विचार राख्नुहुन्छ ।
सीताराम गुरुङ एक अथक अभियन्ता नै हुनुहुन्छ । रुम्जाटारका विकास र निर्माणलाई दीर्घकालीन बनाउने, अस्पताल, विद्यालय, कलेज, बाटो, एयरपोर्ट, सहकारी आदिलाई व्यवस्थित, दीर्घकालीन बनाउनेमात्र होइन हरेक काममा बिचौलिया तथा कर्मचारीको समेत गलत साँठगाँठ र रबैया हटाउने प्रयास गर्ने, प्रविधिमा पोख्त कर्मचारीहरू तयार गर्ने कार्यमा पहल गर्ने जस्ता असल विचारमा उहाँ योजनाबद्ध रूपमा लागिरहनुभएको छ । नेपालको राजनीतिको दूरावस्था देख्दै र भोग्दै आएका सबैलाई थाहा छ राजनीतिको दूरावस्था हुनासाथ अन्य सबै क्षेत्रको दूरावस्था हुने नै भयो । उहाँले पनि यस्तो अवस्था देखिरहनुभएकै छ । उहाँ भन्नुहुन्छ, ‘कसैले कर्तव्य पूरा गरेनन् । त्यसले गर्दा देश बिग्रियो ।’ देशको यस्तो हालत देख्दा उहाँ मन दुखाउनुहुन्छ । केही सुझाब दिन चाहनुहुन्छ । उहाँका सुझाव उत्तिकै घत लाग्ने खालका छन् र निकै व्यावहारिक लाग्छन् ।
उहाँ भन्नुहुन्छ, ‘अहिले आयोगहरू धेरै भए १८-१९ वटा आयोगहरूको काम छैन । महिला, दलित, जनजाति, मुस्लिमलगायत जात, धर्म, वर्ग, लिङ्ग क्षेत्रका आधारमा अनेकौं आयोग भएर पनि अभैm विभिन्न आयोगको माग भइरहेको अवस्थामा सीताराम गुरुङ भने यस्तो फरक विचार राख्नुहुन्छ । यति धेरै आयोग भएर पनि ती जातजाति, धार्मिक समूह, लिङ्ग, क्षेत्र आदिका मानिसको अवस्थामा कुनै सुधार हुनआएको देखिँदैन । सबैको अवस्था उस्तै छ तर ती अयोगहरू स्थापना र सञ्चालनमा राष्ट्रको करोडौं सम्पत्ति खर्च भएको छ । यस कुरालाई बुझेर नै हुनसक्छ उहाँले यस्तो धारणा राख्नुभएको ।
उहाँ वर्तमान अवस्थाको शासकीय स्वरूप पनि वैज्ञानिक नभएको तर्क गर्नुहुन्छ । ‘प्रदेशहरू तीनवटा भए पुग्छ’ उहाँ भन्नुहुन्छ । कोशी, गण्डकी र कर्णाली अथवा हिमाल, पहाड र तराई, जसरी विभाजन गरे पनि हुने तर सङ्ख्या अहिलेको जति आवश्यक नभएको उहाँ तर्क गर्नुहुन्छ । नामले कुनै फरक पर्दैन काम र व्यवहारले फरक पार्ने हो भन्दै उहाँ अन्नपूर्ण, सगरमाथा, कञ्चनजङ्घा, पशुपति लुम्बिनी जे नाम राखे पनि फरक पर्दैन तर काम भने हुनुपर्छ भन्नुहुन्छ । प्रदेशका साथै सङ्घमा पनि सदस्य सङ्ख्या घटाउनुपर्ने र स्थानीय निकाय आधा घटाएर वडाहरूको सङ्ख्या भने बढाउनुपर्ने सुझाब दिन उहाँ चाहनुहुन्छ । उहाँ स्थानीय निकायका पदाधिकारी विजयी बनेपछि पार्टीबाट राजीनामा दिएर स्वतन्त्र बन्नुपर्छ भन्ने धारणा राख्नुहुन्छ ।
संविधान बनाउनुभन्दा अगाडि परराष्ट्र, अर्थ, गृह, रक्षा मन्त्रालयहरू केन्द्रमा राखेर अरू प्रदेशमा राख्ने भनिएको थियो तर त्यसो भएन भन्ने असन्तुष्टि पनि उहाँ व्यक्त गर्नुहुन्छ । अन्तिममा उहाँ केही सुझाब तथा सल्लाह दिन चाहनुहुन्छ । हामीले आफ्नो राष्ट्रप्रति गौरव गर्न सक्नुपर्छ, यहाँको प्रकृति, भूगोल, हावापानी, अतुलनीय छन्, यस्तो प्रकृति विश्वमै कतै पाइँदैन । उच्च शिक्षालाई व्यावहारिक र अनुसन्धानमूलक बनाउनुपर्छ । हाम्रा दुई छिमेकी राष्ट्रहरू अर्थिक रूपमा विश्वकै पहिलो र तेस्रो सन्नन्न राष्ट्र बन्दैछन् । छिमेकीहरूसँग राम्रो कूटनीतिक सम्बन्ध कायम राखेर अगाडि बढ्नुपर्छ र देशको प्रतिकूल हुनेगरी कुनै पनि कार्यमा लाग्नुहुँदैन । दुबै देशको स्वार्थलाई समन्वय गरेर नयाँ पुस्ताले विश्वव्यापी अनुकूलतालाई अँगाल्नुपर्छ । राज्यले तत्कालीन आवश्यकताका आधारमा काम गर्न सक्नुपर्छ र यसका लागि बिचौलियाहरूको बिगबिगीलाई नियन्त्रण गरी आफ्नो दायराभित्र ल्याउन सक्नुपर्छ भन्ने सुझाब छ । गुरुङको सोचअनुसार राष्ट्र समृद्ध बन्न सकोस् हार्दिक शुभकामना । राजनीति, समाजसेवा तथा व्यवसायका त्रिवेणी गुरुङको सुस्वास्थ्य, उत्तरोत्तर प्रगति तथा समृद्धिको कामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच