✍️ खिमानन्द आचार्य
सुनको बारी सुनको खेत सुनैको छहारी,
लाएर पनि मिल्दैन सुख सुनकै पगरी ।
खाएर मीठो लाएर राम्रो असल भइँदैन,
सत्कर्म विना स्वर्गको द्वार देख्न त पाइँदैन ।
कालो न कालो शालिग्रामभित्र सुनौलो मुहार,
दिलमा हुन्छ संसार डुब्बे मायाको सागर ।
आत्मा नै रम्ने मूल त्यो तत्व सबैमा उस्तै हो,
जिन्दगी दुख्ने कर्मले हुन्छ देह नै ननिको ।
नसा–नसा वयली खेल्ने रगत एउटै छ,
धर्तिका छोराछोरीका लागि सत् कर्म गर्नुछ ।
रंगमा भेद नगर साथी यो छाती पोल्दछ,
सिर्जनाभित्र खिल पारेर आखिर के मिल्छ ।
धनको मात लागेको बेला कू बेला जाग्दछ,
अमृत पान गर्ने त्यो बेला बेहोसी बन्दछ ।
मातको आँत जागेको बेला कुबेला पर्दछ,
अमूल्य जुनी शीतको थोपा भएर झर्दछ ।
उठन जाग धर्तिका माली अझै छ अँधेरी-
शून्यमा शून्य भएर खस्छ सुनको पगरी ।
के भन्नु तेरो के भन्नु मेरो माटोमा मिल्नुछ
यो देहलाई पवित्र पार्न सत्कर्म गर्नुछ । अस्तु
अर्घाखाँची, डिर्भना, हाल अमेरिका ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच