काठमाडौं । वडा १७ की अर्सना महर्जनले छैटौँ मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शनिबार स्वर्ण जित्नुभएको छ । अर्सनाले जितेको यो तेस्रो स्वर्ण हो । यसअघि अर्सनाले यू-१२ गल्र्स सिंगल्स र महिला टिम इभेन्टमा स्वर्ण जित्नुभएको थियो ।
अर्सनाले फाइनलमा वडा १२ की रोनिशा महर्जनलाई १३-११, ११-५ र ११-८ ले पराजित गर्दै स्वर्ण संख्या तीन पुर्याउनुभयो । वडा ८ की सुरम्य शाक्य र वडा १७ की अर्पिता महर्जन तेस्रो हुनुभयो । ललितपुर महानगरपालिका वडा ९ द्वारा आयोजित प्रतियोगिताको यू-१६ गल्र्समा सिंगल्समा वडा १६ की साइरा शाक्य र यू-१२ ब्वाइज सिंगल्समा सोही वडाका स्वर्णिम शाक्य पहिलो हुनुभयो ।
पाटनको गःछेंःमा भएको गल्र्स फाइनलमा साइराले वडा १९ की एमरिन महर्जनलाई ११-७, ११-६ र ११-७ को सोझो सेटमा हराउनुभयो । वडा ८ की सुरम्य शाक्य र वडा १२ की इशान्वी महर्जन तेस्रो हुनुभयो । ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा स्वर्णिमले आफ्नै वडाका रिभानमुनि बज्राचार्यलाई ११-९, ११-१३, ११-८, ११-१३ र ११-७ को सेटमा पाखा लगाउनुभयो । वडा ११ का निर्भिक शाक्य र वडा १८ का सुभान खड्का तेस्रो बन्नुभयो ।
भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा वडा १३ का पूर्णशंकर श्रेष्ठ पहिलो हुनुभयो । उहाँले फाइनलमा वडा १० का आनन्द धाक्वालाई ११-९, ५-११, ११-७, ८-११ र ११-९ को सेटमा पन्छाउनुभयो । वडा ३ का किरणकुमार विष्ट र वडा १९ का जगदीश्वरप्रसाद जोशीले तेस्रो स्थानमा चित्त बुझाउनुभयो ।
यसअघि वडा ५ की ममतासिंह राजभण्डारीले भेट्रान ४० वर्षमाथि महिला सिंगल्स, वडा ७ ले पुरुष टिम इभेन्ट र वडा २० ले पुरुष भेट्रान टिम इभेन्टमा पहिलो स्थान हात पारेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच