सिके राउत र भाजपा बिदेश प्रमुख बिच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीकाविदेश विभाग प्रमुख विजय चौथाइवाले बिच भेटवार्ता भएको छ ।

केन्द्रिय समितिको बैठक सम्पन्न गरी अध्यक्ष राउत शनिवार भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको हो ।

अध्यक्ष राउत र भाजपा बिदेश बिभाग प्रमुख बिच आपसी सबन्धका बारेमा भेटवार्ता भएको जनाईएको छ । सो भेटमा दुई देश बिचको सबन्ध र दुई पार्टी बिचको सबन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो । सो भ्रमण सकेर राउत सोमवार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेट गर्नुभएको हो । राउत भारत भ्रमणका लागि शनिबार जानुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?