काठमाडौं । भजन शिरोमणी भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिसमेत उपाधि पाउनुभएका उहाँको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो ।
वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको सङ्गीतकार चेतन सापकोटाले जानकारी दिनुभयो । अचानक अक्सिजनको मात्रा घटेपछि उहाँलाई अस्पताल लगिँदै थियो ।
आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ । स्वर्गिय आचार्यको राष्ट्रिय सम्मानका साथ बिदाइ गरिने तयारी छ ।
भजन शिरोमणिका उपनामले चिनिने नेपाली गीतसङ्गीत जगतका अनन्त तारा उहाँको वि.सं. १९९९ साल असोज १६ मा धनकुटामा जम्म भएको थियो ।
२०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाउनु भएको थियो । उहाँको बोलीमा पनि समस्या आएको थियो ।
उहाँका एकदिन मैले प्रभुसँग सोधेँ, तन मन बचनले प्रभु नाम गाउँ, सब निदाए प्रभु, लौन अब मेरो प्रभु लगायत दजनौं भजन लोकप्रिय छन् । त्यस्तै सयौं गितमा संगित भर्नुका साथै उहाँका जीवन भनुँ त घात छ, मुटु जलिरहेछ, यो मन गलिरहेछ, जति चोट दिन्छौ देऊ मायालु, सबै बेहोसी नशा पिएरलगायत सयौं कर्णप्रिय गित आज पनि चर्चित छन् ।
स्वर्गिय आचार्यले भजन शिरोमणि, पद्मश्री पुरस्कार, गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट (पहिलो), वीरेन्द्र(ऐश्वर्य सेवा पदक, राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय सङ्गीत सम्मान २०७५ लगायत थुप्रै लाईफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच