काठमाडौं । गीतकार लोकराज अधिकारीको नयाँ गीत ‘जिन्दगानी के छ र’ सार्वजनिक भएको छ । सिडी विजय अधिकारीको स्वर एवं संगीत र पुष्कर खत्रीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
बबिता श्रेष्ठ ‘मलेकु’को निर्देशन रहेको गीतको भिडियोमा दीपेन्द्रराज गिरी, जुना एसडी र बाल कलाकार एला पुरीको अभिनय छ । प्रियसी म्युजिकको प्रस्तुति रहेको भिडियोमा जन्म र मृत्यु शाश्वत भए पनि देशको अवस्थाका कारण आर्थिक भार र ऋणको बोझका कारण मान्छेमा बढ्दै गएको डिप्रेसनले निम्त्याउँदै गरेको समस्यालाई देखाउने प्रयास गरेको छ ।
जस्तो सुकै समस्या आइपरे पनि घरपरिवार प्रतिको जिम्मेवारी बिर्सन नहुने सन्देश भिडियोमार्फत दिन खोजिएको छ । उत्तम हुमागाईंको छायांकन र मीन रावलको सम्पादन रहेको गीतको भिडियो प्रियसी म्युजिक युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच