काठमाडौं । यही पुस २६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘कार्साङ’को नयाँ गीत ‘सात भञ्ज्याङ’ सार्वजनिक गरिएको छ । डीपी खनालको शब्दरचना, एसडी योगी एवं रेश्मा पुन मगरको स्वर, एसडीकै संगीत छ र रिकेश गुरुङले एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय देख्न सकिन्छ ।
प्रेमिल गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । प्रेम, त्यसका सम्झनासँगै जिउने रहर र त्यसका लागि दुई पात्रको योजनामा गीत केन्द्रित छ । पूर्वी नेपालको शेर्पा समुदाय र राई समुदायको कल्चर गीतमा प्रष्ट देखिन्छ । चलचित्रमा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा हृयोल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ । सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुनुहुन्छ भने सह-निर्मातामा गोविन्द बोहरा रहनुभएको छ । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच