गाउँघर आजकाल युवाविहीन बन्दै गएका छन् । गाउँमा बस्तै आएका थोरै संख्यामा महिलाहरूले सारा काम गर्नुपरेको छ । यो काम त पुरुषहरूले गर्ने हो भनेर मुख ताकेर बस्ने अवस्था अहिलेको स्थितिमा छैन । तिनले त्यहाँ जोत्ने, बिरामी बेक्नेलगायत काम गर्दै आइरहेका छन् । प्रजातन्त्र प्राप्ति सँगसँगै राष्ट्रले अपनाएको खुला नीतिपछि नेपाली युवाहरू वैदेशिक रोजगारीमा जाने लहर चल्यो । त्यो आकर्षण बढ्दै गइरहेको अवस्थामा माओवादीको सशस्त्र विद्रोह सुरु भयो । गाउँघरमै रहेर आफ्नो दुःखजिलो गर्दै आएका बाँकी युवाहरू पनि त्यहाँबाट पलायन हुनुपर्ने अवस्था सशस्त्र विद्रोहले सिर्जना गर्यो । एकातर्फ गाउँघरमा रहेका युवालाई माओवादीरूले बाध्य बनाएर आफ्नो विद्रोहमा लैजाने गरे । विद्रोही र सरकारी सुरक्षाकमीबीचको भिडन्तमा परेर अकाल मृत्युवरण गर्नुपर्ने मनोवैज्ञानिक त्रासले गर्दा बाँकी युवाहरू पनि गाउँघरबाट शहरीतर्फ पलायन भए ।
यसपछि गाउँघर रित्ता बने, त्यहाँ सानासाना बालबालिका, असहाय र वृद्धवृद्धामात्र बाँकी रहे । बाध्यताका कारण लोग्ने मानिसहरूले परम्परागत रूपमा गर्दै आएका कामसमेत स्वास्नीमानिसले गर्नुपर्ने भयो । परम्परागत रूपमा महिलाहरू माथि शोषण र दमन थियो । कतिपय व्यवहारबाट देखिनआएकाले यो यथार्थ हो भन्नुपर्छ तर परम्परादेखि चलिआएका कतिपय व्यवहार र परम्पराले हाम्रो समामाजमा नारीहरूमाथि शोषणमात्र थिएन सहानुभूति र स्नेह पनि थियो । महिलाले हलो जोत्नु हुँदैन भनिन्थ्यो । यो महिलाहरूप्रतिको सहानुभूति र स्नेह हो । उनीहरूको शारीरिक क्षमताका आधारमा चलाइएको परम्परा थियो यो । यसैगरी महिलाहरूले विवाहमा जन्त नजाने, मानिसको मृत्यु हुँदा मलामी नजाने प्रचलनहरू यही आधारमा विकसित भएका हुन् ।
उनीहरू कमजोर मनका हुन्छन्, छिटो हिँड्न सक्दैनन् । साना नानीहरू हुन्छन्, तिनको रेखदेख गर्नुपर्छ भन्ने आधारमा बनाइएका यस्ता अनेकौं परम्परा सबैमा विभेदको व्यवहार भयो भनेर खेज्ने कार्य हालका दिनमा बढी नै भइरहेको छ । महिलाले खसी काट्न, खसीभन्दा ठूला प्राणीहरूको हत्या गर्न हुँदैन भनिएका कारण पनि हिंसाको भार नबोकाउने उनीहरूप्रतिको सहानुभूति हो । अनेकौं परम्परा हाम्रै समाजमा विकास हुँदै आएका छन् । ढुंग्रेबाँसको तामा भाँच्दा पनि गर्भको बच्चामाथि नराम्रो प्रभाव पर्छ भन्ने गर्भवतीहरू अझै हाम्रै समजमा छन् । महिलाले यी–यी काम गर्नुहुँदैन पाप लाग्छ भन्ने मान्यता विकसित गराएर कठिन र दुरुह कामहरू पुरुषले गर्ने र नारीलाई घरभित्रका शारीरिक श्रम कम पर्ने काममा लगाउने मनोवैज्ञानिक श्रम पद्धति र परम्परा विभेदकारी भयो भनेर आजकाल विशेषतः महिला वर्गबाट र महिला अधिकारवादीबाट उठ्ने गरेको पाइन्छ ।
हाम्रा पुर्खाहरूमा त्यो विवेक र नारीहरूप्रति सहानुभूति थियो होला र यस्ता परम्परा चलेका होलान् कि भन्ने कोणबाट हामीले विश्लेषण गर्ने गरेका छैनौं । पछिल्लो समयमा गाउँघर बाध्यताले, रहरले, लहडले, देखासिकीले रित्ता बनिरहेका छन् । शहरी क्षेत्रमा सर्ने र काम खोज्ने वा विदेश जानेहरूमा धेरैजसो पुरुष छन् । गाउँमा केटाकेटी, बुढाबुढी र केही संख्यामा महिलामात्र छन् । अझै भन्ने नै हो भने विदेश गएका पुरुषका श्रीमतीहरू पनि छोराछोरी शहरका निजी विद्यालयमा पढाउने भनेर शहरमै बस्ने गर्नाले गाउँघरमा बुढाबुढीमात्र छन् । गाउँघरका बुढाबुढीहरूका लागि भने शहर अनुकूल नरहेको तिनलाई लाग्छ । हिँड्डुल गर्न, प्रविधि चलाउन जेमा पनि असहज हुने भएकाले बुढाबुढीहरू शहरमा आएको केही दिनमै गाउँ फर्किन चाहन्छन् । अहिले त सशस्त्र विद्रोहको भय पनि छैन ।
यसो हुनाले गाउँघर हालका दिनमा वन्यजन्तुहरूको राजमा परिणत भएको छ । शारीरिक श्रम गर्न नसक्ने नागरिकहरूको बस्तीमा परिणात हुनपुगेको छ । पहिलेका आवादी जग्गाजमिन पनि हालका दिनमा जंगलमा परिणत हुँदै गइरहेका छन् । गाउँघरमा परिआएका काम महिला वर्गले नै गर्नुपर्ने बाध्यता छ । परम्परागत रूपमा बर्जित गरिएका काम हाल महिलाहरूले नै गर्दै आएका छन् । दुर्गम र विकट गाउँ जहाँ मोटर पुगेको छैन त्यस्ता ठाउँमा कोही मानिस बिरामी भएकाखण्डमा बोकेर नजिकको स्वास्थ्य चौकीहरूमा पुर्याउने महिलाहरू नै रहेका छन् ।
राज्यले आफ्नै देशमा रोजगारीको सिर्जना गरेर नागरिकलाई विदेश जानबाट रोक्ने हो भने यस्तो अवस्था सिर्जनै हुने थिएन । वार्षिक बजेटमा अर्थमन्त्रीले वाचन गरेर सुनाउने गरेको रोजगारी सिर्जनाको आँकडा अनुसार प्रत्येक वर्ष पूरा गर्दै लाने हो भने अवस्थामा बदलाव आउँन सक्छ । एकातिर राज्यको पहलमा हुनसक्छ भने अर्कातिर अर्कातिर नागरिकको भावनामा पनि परिवर्नन आउनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच