नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको बर्दघाट प्रज्ञा प्रतिष्ठानले दुई दिने नेपाली भाषा लेखन प्रशिक्षण तथा गोष्ठी सम्पन्न भएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानले बर्दघाट नगरपालिकाको भाषा, कला, र साहित्यको उजागर गर्दै आइरहेको प्रतिष्ठानले संघ सस्था र कार्यलयका प्रतिनिधिलाई लक्षित गरीभाषा शुद्ध लेखन सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको हो ।
प्रमुख अतिथि भाषा आयोगका सदस्य अमर गिरीले प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली भाषाको सन्दर्भमा एक प्रकारको अराजकता रहेको बताउनु भयो । "हरेक भाषाका आफ्ना विशेषताहरु रहेका छन् । नेपाली भाषाका पनि विशेषता छन् । नेपाली भाषाका विशेषतालाई चिन्न नसक्दा हिज्जेमा बिबाद आएको हो ।" गिरीले भन्नुभयो । नेपाली भाषा बिज्ञहरु मध्ये एक थरीले सस्कृत अनुसार चल्नु पर्ने र अर्को थरीले भाषा सरलिकृत अनुसार अगाडि बढ्नु पर्ने धारणा राख्दै आएको उहाँले भनाइ छ ।
"सस्कृत बैज्ञानिक भाषा हो । यो जनबलीको भाषा किन हुन सकेन । मुल प्रश्न यो छ ।" गिरीले भन्नु भयो । भाषामा २०७२ साल देखि बिबाद चर्को रुपमा अगाडि आएको उल्लेख गर्दै उहाँले दिन्नानाथ शर्मा मन्त्री हुँदा त्यसबेलाको टीप्पणीबाट विषय बल्झिएको र भाषाको मुद्दाको सर्बोच्च अदालतबाट फैसला आएको छ । त्यसको पूर्णपाठ आउन बाँकी छ । पूर्ण पाठ आएपछि भाषा आयोग विवाद समाधानना अगाडि बढ्ने गिरीको भनाइ छ ।
त्यस्तै बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेले शैक्षिक क्षेत्रमा नै सबै भन्दा पहिले भाषिक शुद्धता हुनु पर्ने बताउनु भयो । न्यौपानेले भाषामा अनुशासन हुनुपर्नेमा जोड दिँदै उहाँले नेपाली भाषाको शुद्ध प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको र आगामी दिनमा यस्ता गतिविधि अझ व्यापक रूपमा सञ्चालन गर्ने प्रतिष्ठानको योजना रहेको कुलपति न्यौपानेले बताउनु भयो । कुलपति न्यौपानेले भाषाको बिबादका बिषयमा सर्बोच्च अदालतबाट फैसला आएपछि नेपाली भाषा शुद्ध लेखनका बिषयमा गोष्ठी गर्ने पहिलो प्रज्ञा प्रतिष्ठान नै बर्दघाट भएको दाबी गर्नु भयो ।
शेषकान्त पौडेलले शिक्षा र भाषाको शुद्धताका बिषयमा प्रस्तुत गर्नु भएको कार्यपत्रको हुमनाथ आचार्यले टिप्पणी गर्नु भएको छ । मुलुक समृद्ध गर्ने र भाषागत विकासका लागि भाषागत शुद्धता आवश्यक पर्ने उल्लेख गर्दै मानकमा आधारित भएर शुद्ध भाषा लेखनमा ध्यान दिनुपर्ने कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ । डाक्टर श्याम प्रसाद न्यौपानेले प्रशासन र भाषाको शुद्धताको बिषयमा प्रस्तुत गर्नु भएको कार्यपत्र प्रस्तुत गर्दै भाषा लेख्य र कथ्य हुने उल्लेख गर्नु भयो ।
डाक्टर बालकृष्ण चापागाईंले सञ्चार र भाषाको विषयमा कार्यप्रत्र प्रस्तुत गर्दै सञ्चार माध्यममा प्रयोग हुने भाषामा गम्भीरता हुनु पर्ने बताउनु भयाे । चापागाईंले विज्ञापनमा प्रयोग हुने अंग्रेजी र हिन्दी शब्दको सट्टामा नेपाली शब्द नै प्रयोग गर्नु पर्ने बताउनु भयाे। कार्यपत्र माथि टिप्पणी गर्दै डाक्टर हरि प्रसाद घिमिरेले संकेतबाट भाषाको सुरुवात भएको छ, भाषा भनेको सञ्चारको माध्यम रहेको उल्लेख गर्नु भयो । भाषामा सञ्चारको प्रभाव ऋग्वेददेखि नै भएको उल्लेख गर्दै उहाँले भाषिक शुद्धताका लागि सबै पक्ष जिम्मेवार हुनु पर्नेमा जाेड दिनुभयाे ।
गोष्ठीमा शिक्षकहरु तर्फबाट ज्ञानज्योति मा.वि.का शिक्षिका निर्मला न्यौपाने, सञ्चार क्षेत्रबार बर्दघाट प्रेस कल्बका सचिव प्रकाश न्यौपाने र निजामती कर्मचारीहरुको तर्फबाट हिमा वनले बोल्दै प्रशिक्षण र गोष्ठी प्रभावकारी भएको र आगामी दिनमा पनि सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच