काठमाडौं । नबिल बैंकले काठमाडौं महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाका शौचालय निःशुल्क सार्वजनिक शौचालयका रूपमा उपलब्ध गराउने भएको छ । सो सम्बन्धमा महानगरपालिका र नबिल बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतासँगै अब महानगरभित्र रहेका १८ शाखाका शौचालय सर्वसाधारणले निःशुल्करूपमा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । नगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पु¥याउन गरेको काठमाडौं महानगरको आहृवानअनुरूप नबिल बैंकले ऐक्यबद्धता जनाएको हो ।
महानगरले शौचालय सार्वजनिक प्रयोगका लागि भएको सूचनासहितको संकेतबोर्ड प्रष्ट देखिने गरी बैंकका शाखामा उपयुक्त ठाउँमा जडान गर्नेछ । बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाइ र आवश्यक सामानको व्यवस्था सामाजिक उत्तरदायित्वअन्तर्गत गर्नेछ ।
शौचालयको नियमित मर्मत, सम्भार र सरसफाइ, पानीको प्रबन्ध, निकासको व्यवस्था दुरुस्त राख्नेछ । उक्त सम्झौता पाँच वर्ष रहेको बैंकले जनाएको छ ।







मत्स्य केन्द्रद्वारा चार करोड ३८
समयमै काम नसक्ने सात निर्माण
चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा