नबिल बैंकका शौचालय प्रयोग निःशुल्क

Read Time = 2 mins

काठमाडौं । नबिल बैंकले काठमाडौं महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाका शौचालय निःशुल्क सार्वजनिक शौचालयका रूपमा उपलब्ध गराउने भएको छ । सो सम्बन्धमा महानगरपालिका र नबिल बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतासँगै अब महानगरभित्र रहेका १८ शाखाका शौचालय सर्वसाधारणले निःशुल्करूपमा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । नगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पु¥याउन गरेको काठमाडौं महानगरको आहृवानअनुरूप नबिल बैंकले ऐक्यबद्धता जनाएको हो ।

महानगरले शौचालय सार्वजनिक प्रयोगका लागि भएको सूचनासहितको संकेतबोर्ड प्रष्ट देखिने गरी बैंकका शाखामा उपयुक्त ठाउँमा जडान गर्नेछ । बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाइ र आवश्यक सामानको व्यवस्था सामाजिक उत्तरदायित्वअन्तर्गत गर्नेछ ।

शौचालयको नियमित मर्मत, सम्भार र सरसफाइ, पानीको प्रबन्ध, निकासको व्यवस्था दुरुस्त राख्नेछ । उक्त सम्झौता पाँच वर्ष रहेको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?