काठमाडौं । नेपाली क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी ओमोडा एण्ड जेइको गाडीको ब्राण्ड एम्बेसडर नियुक्त हुनुभएको छ । ओमोडा एण्ड जेइको गाडीको नेपालका लागि आधिकारिक बिक्रेता शारडा ग्रुपअन्तर्गतको एसपिजी अटोमोबाइल्सले ऐरीलाई सोमबार ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
काठमाडौंमा आयोजित विशेष समारोहमा शारडा ग्रुपका निर्देशकहरूलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रमसँगै दीपेन्द्रसिंह ऐरी आधिकारिकरूपमा ब्राण्ड एम्बेसडर नियुक्त हुनुभएको हो । यस साझेदारीले नेपालको दिगो भविष्यका लागि विद्युतीय यातायातका साधनहरूको प्रवद्र्धनमा जोड दिइएको छ । एसपिजी अटोमोबाइल्स ओमोडा एण्ड जेइकोका लागि नेपालमा आधिकारिक वितरक हो ।
कार्यक्रममा सम्बोधन गर्दै ऐरीले आफ्नो ओमोडा एण्ड जेइकोसँग आबद्ध हुँदा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘किफायती मूल्यमा अत्याधुनिक सुविधाहरू भएको फ्युचरिस्टिक इभी यो सेगमेन्टमा नै उत्कृष्ट र बेजोड छ । इनोभेसन (नवप्रवर्तन) र फ्युचरिस्टिक टेक्नोलोजीमा अग्र रहँदै इभी बजारमा उल्लेखनीय सफलता हासिल गरेको ब्राण्ड ओमोडा एण्ड जेइकोसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु ।’
समारोहमा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा, एसपिजी अटोमोबाइल्सका अन्य सदस्यहरूलगायतको उपस्थिति रहेको थियो । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान हुनुहुन्छ । उहाँको नेतृत्वमै सुदूरपश्चिम फाइनल पुगेको थियो । सोमबारै ऐरीलाई ओमोडा ई–फाइभ हस्तान्तरण गरिएको छ ।
एनपिएलको ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’को पुरस्कारस्वरूप ओमोडा ई-फाइभको साँचो हस्तान्तरण गर्दै एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको पुरुष टी-२० अलराउन्डरमा दोस्रो वरीयतामा रहेका ऐरी नेपाली तथा विश्व क्रिकेटका उदाउँदो ताराहरूमध्ये एक हुन् । आफ्नो कुशलता र पर्फमेन्समा सदैव उच्चतस्तरको लगाव राख्ने ऐरीजस्ता उदाउँदा युवा खेलाडीलाई ओमोडा एण्ड जेइकोको ब्राण्ड एम्बेसडर नियुक्त गर्न पाउँदा हामी गौरवान्वित महसुस गर्दछौँ ।’
उक्त कार पाएबापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोरेको छ । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ । ऐरीले एनपिएलको नेपाली खेलाडीतर्फ ‘प्लेयर अफ दी सिरिज’ बन्दै ओमोडा ई-फाइभ कार पुरस्कार प्राप्त गर्नुभएको हो । प्रतियोगिताभरि ऐरीले नौ खेलमा २२७ रन बनाउनुका साथै नौ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच