बुटवलमा पृथ्वीनारायण शाहको शालिक अनावरण

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । करिब १७ लाख रुपैयाँको लगातमा बुटवल बेलहिया सडकखण्डमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरिएको छ।

३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार उक्त शालिक अनावरण गरिएको हो। राप्रपाका स्थानीय नेता रूपसिंह थापा, निलम अधिकारी लगायतको अगुवाइमा बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नम्बर १० राजमार्ग चौराहदेखि दक्षिणतर्फ सडकको हरियाली क्षेत्रमा शालिक निर्माण गरिएको थियो।

थापाको अगुवाइमा गत पुस २७ गते शाहको पूर्ण कदको शालिकको शिलान्यास गरिएको थियो। बुटवल उपमहानगरपालिका वडा नं. १० का वडाअध्यक्ष बलु पुनले शिलान्यास गरेको उक्त शालिकको अनावरण भने थापाले गर्नु भएको हो।

पछिल्लो समयमा राज्यका नेतृत्वमा पुगेकाहरूले इतिहास मेट्दै जाँदा नयाँ पुस्ता इतिहास जान्नबाट विमुख हुने गरेकाले नयाँ पुस्ताले इतिहासबारे जानकारी लिन सकुन् भन्ने उद्देश्यले सडक किनारमा शालिक निर्माण गरिएको रुप सिह थापाले बताउनु भयो। शालिक मूर्तिकार राजु तुलाधरले निर्माण गरेको थापाले बताउनु भयो।

शालिक निर्माणको लागि बुटवल उपमहानगरपालिकाले ५ लाख र वडा नम्बर १० ले ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको र बाँकी रकम भने स्थानीय पृथ्वीनारायण मार्गका बासिन्दा र सहयोग दाताहरूबाट संकलन गरिएको उहाले बताउनु भयोे। ढलोटबाट निर्माण गरिएको उक्त शालिक सात फिट उचाइँको वताईएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?