पाँचथरमा ग्रामिण भेगका चार वटा सडक कालोपत्रे हुँदै

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 4 mins

पाँचथर । पाँचथरमा पूर्वाधार विकाश कार्यालय अन्तर्गत संचालन भइरहेका कालोपत्रे हुने ३ वटा सडक आयोजनाको काम तिव्र गतिमा अघि वढेको छ । ४ वटा आयोजनाहरु मध्ये १ वटा आयोजनाको काम भने अघि वढ्न सकेको छैन् ।

पाँचथरमा अहिले मुख्य सडकहरुको कालोपत्रेको काम तिव्र गतिमा अघि वढिरहेको पूर्वाधार विकाश कार्यालय पाँचथरका प्रमुख राजन राज रिड्डीले बताउनुभयो । उहाँका अनुसार अहिले ४ वटा योजना मध्ये ३ वटा आयोजनाको काम द्रुत गतिमा अघि वढिरहेको छ भने एउटा आयोजनाको काम पनि चाँडै अघि वढ्नेछ ।

फिदिम फालोटको १० किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य ८० प्रतिशत र आर्थिक प्रगति ७४ प्रतिशत सकिएको छ,कन्काई पिए.एस.जेभी झापाले ६० करोड २७ लाख रुपैयाको लागतमा गत ०७६ असार ३० गते आयोजनाको जिम्मा लिएको थियो ।

उक्त आयोजनाको समय अवधि आगामी ०८० असार मसान्त सम्ममा सकिँदैछ । तर कालापत्रे गर्ने कार्य फागुन महिनाको अन्त्य सम्ममा सकिने पूर्वाधार विकाश कार्यालयको अनुमान छ । ०७८ मसान्त सम्मै आयोजनाको काम सकिनुपर्ने भएपनि कोभिड महामारीको कारण २ वर्ष समय थपिएको थियो ।

यस्तै यासोक सरखण्डे १३.३ किलोमिटर सडक रहेको उक्त आयोजनाको काम पनि कोभिडकै कारण २ वर्ष समय थपिएको थियो । अव यो आयोजनाको काम पनि आगामी ०८० असार मसान्तमा सकिँदैछ । यो सडकको अहिले भौतिक प्रगति ५० प्रतिशत र वित्तिय प्रगति ४६ प्रतिशत सकिएको कार्यालयले जनाएको छ ।

यो सडकको कालोपत्रे गर्ने जिम्मा लामा च्याङमिला जे.भी.काठमान्डौँले ६० करोड ९२ लाख रुपैयाको लागतमा लिएको हो ।

यस्तै ७ किलोमिटर फिदिम शिवालय नाङलापा छिन्तापु सडकको कालोपत्रे गर्ने कार्य भौतिक प्रगति ८० प्रतिशत र वित्तिय प्रगति ६९ प्रतिशत सकिएको छ । दिवासफल जे.भी. काठमान्डौँले २६ करोड ४५ लाख रुपैयाको लागतमा कालोपत्रे गर्ने कार्य गरिरहेको छ । यो आयोजनाको काम पनि आगामी ०८० असार मसान्त सम्ममा सकिँदैछ ।

यसैगरी १४ किलोमिटर रहेको सिवादोभान लुम्फाबुङ नवमीडाँडा सडकको कालोपत्रे गर्ने कार्य भने अघि वढ्न सकेको छैन्,०७६ असार मसान्तमा सम्झौता भएको उक्त सडकको समयअवधि आगामी ०८० असार मसान्त सम्ममा सकिँदैछ । कान्छाराम याक्थुहाङ जेभी पाँचथरले २६ करोड ४५ लाख रुपैयाको लागतमा आयोजनाको जिम्मा लिएको थियो । तर थपिएको समय अवधिमा पनि कामले गति लिन नसकेको र हामीले निर्माण ब्यवसायीलाई ताकेता गरिरहेको हुँदा समय अवधि भित्रै काम हुने आशा राखिएको कार्यालय प्रमुख रिड्डीले बताउनुभयो ।

यस्तै सप्तमी दशमी-मौवा लखुवा दोभान अन्तर्गत मौवा देखि लखुवादोभान सम्मको १४ किलोमिटर सडकको कालोपत्रे गर्न टेन्डर प्रक्रिया पनि अघि वढेको उहाँले बताउनुभयो । आगामी माघ महिना भरीमै सम्झौता भई काम अघि वढ्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?