आज डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ । जसअनुसार, आज एक डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४३ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८६.५३ रुपैयाँ र बिक्री दर ८६.९२ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ९० पैसा र बिक्रीदर ९७ रुपैयाँ ३३ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ २६ पैसा र बिक्री दर १० रूपैयाँ ३१ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४५ रुपैयाँ र बिक्री दर ३५.६१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५३ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.२० पैसा र विक्रीदर ४३३.१५ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?