पर्यटन प्रवर्द्धनका लागि भोजपुरको छिनामखुमा मुन्दुम कप फुटबल

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । आगामी माघ एक गतेबाट औपचारिकरुपमा मुन्दुम पर्यटन बर्ष २०२५ को सुरुवात हुँदै छ । एक लाख पर्यटक भित्र्याउने लक्षका साथ मुन्दुम पर्यटन बर्ष शुभारम्भ हुन लागेको हो ।

मुन्दुम पर्यटन बर्षकै अवसर पारेर भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्वर दुई, छिनामखुमा दोश्रो संस्करणअन्तर्गत मुन्दुम कप-२०८१ खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको छ । छिनामखु युवा समाजको आयोजनामा र टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा सञ्चालन हुने यो प्रतियोगिता मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको आयोजक संस्थाका सायद श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठकाअनुसार प्रतियोगिता पौष २२ गतेदेखि २७ गतेसम्म कुलङ्ग मलुवा सामुदायिक खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख २५ हजार २५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने दोश्रो हुने टिमले नगद ७५ हजार २५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सेमिफाइनलसम्म पुग्ने टिमले नगद १० हजार २५ पाउने छन । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल गर्ने खेलाडीलाई पनि पुरस्कारको ब्यवस्था गरिएको आयोजक संस्थाका रविन राईले बताउनुभयो ।

पौष २७ गते प्रतियोगिता समापनका दिन टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाबीच मैत्रीपूर्ण महिला फुटबल खेल समेत आयोजना गरिएको छ । कार्यक्रमको दौरान लोपोन्मुख मौलिक सामाग्रीहरू, मुन्दुमी सांस्कृतिक कला, चित्रकला र हस्तकलाको प्रदर्शन तथा किराँत र नेवारी परिकारहरूको स्टल सञ्चालन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
5 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?