
काठमाडौं । नयाँ वर्ष सन् २०२५ का अवसरमा यती एयरलाइन्सले ‘२५ हजारमा नेपाल भ्रमण’ योजना ल्याएको छ । यती ट्राभल कार्ड सार्वजनिक गर्दै यती एयरलाइन्सले यस्तो योजना घोषणा गरेको हो ।
योजनाअन्तर्गत ग्राहकले एकमुष्ट २५ हजार रुपैयाँ भुक्तानी गरेर ‘यती ट्राभल कार्ड’ खरिद गरी सदस्यता लिन सक्नेछन् । उक्त कार्डमार्फत् सदस्यले यती एयरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यमा चार महिनाभित्र १० पटकसम्म यात्रा गर्न सक्ने यती एयरलाइन्सले जनाएको छ ।
टिकट अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन र नेपाली यात्रुलाई मात्र लागू हुनेछ । यती एयरलाइन्सले धेरै यात्रा गरिरहने व्यक्तिहरू र कर्पोरेट ग्राहकलाई लक्षित गर्दै यस्तो कार्ड सेवा सञ्चालनमा ल्याएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच