प्रकृतिको निर्मम दोहन र प्रत्युत्पन्न परिणाम

Read Time = 12 mins

✍️ लोकनारायण सुवेदी

संसारभरि नै आज मौसम र जलवायुमा तीव्रतम परिवर्तन आइरहेको छ । यो मानिसको प्रकृतिमाथिको निर्मम दोहन र शोषणकै कारणले भएको हो । अध्ययनशील विज्ञ जानकारहरू के भनिरहेका छन् भने समय भड्किनथालेको छ । त्यसैले यस समस्यालाई गम्भीरतम रूपमा लिइनुपर्दछ र प्रकृतिको संरक्षणमा जबाफदेहीपूर्ण तरिकाले अग्रसर हुन कुनै बिलम्ब गरिनु हुँदैन र कुनै कसर बाँकी राखिुन पनि हुँदैन । यस सन्दर्भमा हरेक वर्ष २८ जुलाईका दिन विश्वव्यापी रूपमा मनाइने गरेको विश्व प्रकृति संरक्षण दिवसले मानिसको जीवन र सारा जगतमा प्रकृतिको महत्व के कस्तो रहेको छ भन्ने कुराको ज्ञान अवश्य गराउँदछ, प्रकृतिलाई संरक्षण गरिनुपर्ने आवश्यकतमाथि जोड दिन्छ र यसमा लाग्न प्रोत्साहित गर्दछ ।

यस वर्षको जून–जुलाईमा विश्वले एशिया क्षेत्रका धेरै देशहरूका साथसाथै युरोपमा पनि भयंकर गर्मीको सामना गरिरहेको खबर छाएको थियो । गर्मीकै कारण बेलायतमा पहिलोपटक इतिहासमै ‘गर्मी संकट कालको घोषणा’ गरिएको थियो । लण्डनको ल्युटन हवाई मैदानको जहाज उड्ने ट्याक गर्मीका कारण पग्लिएकाले कैयौं घण्टासम्मको उडान आवतजावत नै रोक्नु परेको थियो । त्यसैगरी बेलायतका कतिपय विद्यालय महाविद्यालयहरू गर्मीका कारण बन्द गर्नुपरेको थियो । पछिल्लो समय फ्रान्स, ग्रिस, पोर्चुगल, बृटेन र स्पेनमा गर्मीको पारो ४० डिग्रीभन्दा माथि पुगिसकेको बताइएको थियो ।

विश्व मौसम विज्ञान संगठनका अनुसार युरोपमा चलिरहेको तातो तरंग (हिट वेभ) विशेष गरेर दक्षिण-पश्चिम क्षेत्रमा अफ्रिकाबाट आउने तातो हावाले गर्दा हो भनिन्छ । यस वर्षको गर्मीमा यो हिट बेभ अझ बढी आउने आशंका गरिएको थियो । विशेषज्ञहरुका अनुसार जलवायु परिवर्तन नै यो तातो हावा तरंगको मुख्य कारण हो । हरित गृह ग्यास उत्सर्जन जुन कोइला, ग्यास र तेलजस्ता जीवाष्म इन्धनलाई जलाउँदा आउने गर्दछन् तिनले यो तातो हावा तरंग (हिट बेभ)लाई अझ खतरनाक बनाइरहेको जानकार विज्ञहरू उल्लेख गर्दछन् ।

विश्व तापमान वृद्धि (ग्लोबल वार्मिङ) कै कारणल तेस्रो ध्रुव मानिने र भनिने गरेको हिमालय क्षेत्रका हिमनदीहरू पनि दश दोब्बरका हिसाबले पग्लिन थालेका छन् । यो हिमालय क्षेत्र अन्टार्टिका र आर्कटिकपछि हिमनदी वर्षाको सबैभन्दा ठूलो तेस्रो स्रोत मानिन्छ ।

बितेका दिनहरूमा निकै आश्चर्यजनक रूपमा पृथ्वीका दुई किनार भनिने गरेका दक्षिणी ध्रुव र उत्तरी ध्रुवमा तापमान एकै साथ अचानक अप्रत्याशित किसिमले वृद्धि भयो । नर्बे र ग्रिनल्याण्डमा गर्मीले रेकर्ड तोड्यो र त्यहाँ नयाँ प्रतिमान स्थापित भइरहेका छन् । ‘ग्लोबल वार्मिङ’का कारणले ठूलो स्तरमा हिम नदीहरू पग्लिरहेका छन् । अष्ट्रेलियाका जलवायुसम्बन्धी वैज्ञाकिहरू र न्यू साउथ वेल्स विश्वविद्यालयका रिसर्च फेलो जोई थोमसका अनुसार हालैका मानव गतिविधिले विश्व तापमान (ग्लोबल वार्मिङ) को गति तीब्र तुल्याइदिएको छ । जसका कारणले अन्टार्टिकाको बरफ ठूलो स्तरमा पग्लिन सक्छ ।

वास्तवमा वैज्ञानिकहरूलाई पनि अहिले अन्टार्टिका र आर्कटिक क्षेत्रमा एकैसाथ एकै किसिमका घटना घट्नु अकल्पनीय जस्तै लागिरहेको बताइन्छ किनभने ती दुवै ठाउँको प्रकृति एकदमै भिन्न रहेको छ । जुन जुलाईतिर प्रायः सधैं अन्टार्टिकामा दिन लगातार छोटो हँुदैजाने र ठण्डा बहुत बढी हुनुपर्ने हो तर त्यहाँ एकदमै उल्टो मौसम देखिएको छ । उत्तरी र दक्षिणी ध्रुवलाई एकैसाथ एकै समयमा हिउँ पग्लिदै गरेको पहिला कहिल्यै देखिएको थिएन । तर, यसवर्ष यस्तो स्थिति देखापर्नु विश्वलाई ठूलो खतराको घण्टी हो भन्ने किष्कर्ष वैज्ञानिक अध्येताहरूले निकालिरहेका छन् ।

विश्व तापमान वृद्धि (ग्लोबल वार्मिङ) कै कारणल तेस्रो ध्रुव मानिने र भनिने गरेको हिमालय क्षेत्रका हिमनदीहरू पनि दश दोब्बरका हिसाबले पग्लिन थालेका छन् । यो हिमालय क्षेत्र अन्टार्टिका र आर्कटिकपछि हिमनदी वर्षाको सबैभन्दा ठूलो तेस्रो स्रोत मानिन्छ । वैज्ञानिकहरूका अनुुसार चार सयदेखि सात सय वर्ष पहिलाको तुलनामा बितेका केही दशक यता हिमालयका हिम नदीहरू तीव्रतम गतिले पग्लिएका छन् । यस्ता गतिविधि सन् २००० देखियता निकै बढिरहेका छन् । साइन्स जर्नल साइन्टिफिक रिपोर्टस्मा प्रकाशित एउटा अनुसन्धनअनुसार यसबाट चीन र भारतमा बग्ने ब्रहृमपुत्र र भारतको सिन्धु नदीका किनारामा रहेका करोडौं भारतका मानिसहरूका लागि ठूलो जल संकट आउँन सक्तछ ।

बेलायतको एउटा प्रसिद्ध विश्व विद्यालय लिड्स विश्व विद्यालयका शोधकर्ताहरूका अनुसार हिमालयबाट बरफ पग्लिने गति पुरानो ‘लिटल आइस एज’ सानो हिम युगको समयको भन्दा १० दोब्बर बढिरहेको छ । यो लिटल आइस एज को युग १६ औंदेखि १९औं शताब्दीको समय मानिन्छ । त्यतिबेला ठूला पहाडी हिमनदीहरूको विस्तार भएको वैज्ञानिकहरू औंल्याउँदछन् । उनीहरूका अनुसार हिमालयका हिम नदीहरू अन्यत्रका भन्दा तीव्र गतिमा पग्लिने गर्दछन् र पग्लिरहेका छन् ।

अनि अध्ययनशील खोज अनुुसन्धानकर्ता वैज्ञानिहरूका अनुसार अन्टार्टिकाका हिमनदीहरू पूर्णरूपले पग्लिए भने पृथ्वीको गुरुत्वाकर्षण (ग्य्राभिटेसनल) शक्तिमा परिवर्तन (सिफ्ट) आउन सक्छ र विश्वमा भयंकर ठूलो उथलपुथल आउँन सक्छ । यस्तो स्थितिमा प्रायः सबैजसो महाद्विप आंशिकरूपमा पानीभित्र डुब्न पुग्नेछन् । त्यस्तो स्थिति उत्पन्न हुँदा अहिलेका लण्दघलदडन, सिड्नी, मियामी, मुम्बई जस्ता शहरहरू पूरै डुबेर महासागरभित्र जलमग्न हुन पुग्नेछन् । ज्ञाता भन्दछन् ती हिमनदीभित्र हजारौं वर्षदेखि दबेर रहेका खतरनाक भाइरसहरू पनि छन् । यस्तो अवस्थामा ती हिमनदीहरू पग्लिँदा ती भाइरसले अहिलेको कोरोनाभन्दा पनि भयंकर ठूलो महामारी लिएर आउँन सक्दछन् । ठूलो स्तरमा जैविक विविधतालाई हानी पुर्‍याउन र असर पार्न सक्तछन् । पृथ्वीका हजारौं हजार प्रजाति नष्ट हुन पनि सक्तछन् ।

प्रकृतिमैत्री विकासको बाटो अख्तियार गरियो भने यस्ता समस्या हल भएर जान्छन् र मानिसलगायत जीवन र जगलताई जोगाउन सकिन्छ । सरकार, राज्य, समाज र सरोकारवाल सबैले बेलैमा होस पुर्‍याएर सोच्ने हो भने नराम्रोसँग बिग्रँदो स्थितिलाई सम्हाल्न सकिन्छ ।

यी सबै कुराको अतिरिक्त यस्तो स्थितिले गर्दा विश्वभरिका करोडौं करोड मानिसहरू प्रबासन र आप्रबासान हुने कुरा निश्चित छ । अर्थव्यवस्था र बस्न लायक स्थान पूराका पूरै नष्ट र बर्बाद हुन सक्नेछन् । यस स्थितिमा करोडौं करोड मानिसहरू बेघरबार हुने र खानाको अभाव व्यहोर्नु पर्ने स्थिति खडा हुन जानेछ । यस्तो भयावह स्थितिले परस्पर काटमार र हिंसाको प्रादुर्भाव पनि हुन सक्नेछ । कतिपय प्रकल्पना र अनुमान त के पनि छ भने हिम नदी तीव्र गतिमा भारीमात्रामा पग्लिँदा पृथ्वी आफ्नो कक्षमा घुम्ने गति पनि तीव्र भएर पृथ्वीमा दिनका समय बढ्ने अर्थात् दिन लामो हुन जानेछ ।

अनि मानिसले पिउन लायक ६९ प्रशित पानी यही हिमनदीभित्र लुकेर रहेको छ । हिमनदी पग्लिँदा त्यो पिउन लायक पानी पनि समुद्रको नुनिलो पानीसँग मिसिएर पूरै नुनिलो बन्न जान्छ र बर्बाद हुन्छ । यी सबै कारणको मार मानिस, जीवन र जगतमा सर्बत्र नकारात्मक पर्दछ । यी सबै कुरालाई दृष्टि दिँदा अहिले पनि समय जटिल बनिसकेको छैन । बुद्धि पुर्‍याएर काम गर्ने हो भने स्थितिलाई थप बिग्रन नदिन र सुधार गर्न अझै पनि सकिन्छ भन्ने निष्कर्ष ज्ञाताहरूको छ । त्यसैले अब प्रकृतिका नियमविपरीत जथाभावी पृथ्वीको दोहन गर्ने र विकासलाई प्रकृतिको विनाश गर्ने माध्यम बनाउने गलत नीतिबाट बच्नुपर्दछ ।

प्रकृतिमैत्री विकासको बाटो अख्तियार गरियो भने यस्ता समस्या हल भएर जान्छन् र मानिसलगायत जीवन र जगलताई जोगाउन सकिन्छ । सरकार, राज्य, समाज र सरोकारवाल सबैले बेलैमा होस् पुर्‍याएर सोच्ने हो भने नराम्रोसँग बिग्रँदो स्थितिलाई सम्हाल्न सकिन्छ । अब नाफा केन्द्रित होइन मानव केन्द्रित र प्रकृति-मैत्री विकासको बाटो लाग्ने समय गुम्न नदिनु श्रेयस्कर हुन्छ । त्यसैले विकासको सही बाटो रोज्ने कि विनास पृथ्वीबासी सबैको साझा भविष्यका लागि गम्भीरतम रूपमा सोचौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?