
काठमाडौं । युवराज चौलागाईं र अनुष्का पाठकको स्वरमा रहेको गीत ‘शीरफूले माया’ सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द, संगीत र कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सान थापा निर्देशन र राजीव समरको नृत्य निर्देशन रहेको गीतको भिडियोमा युवराजसहित प्रभात पल ठकुरी, विजय पुन, अञ्जलि अधिकारी, सुशील थापा र अनुष्काको अभिनय छ । लोक र आधुनिक शैलीको यो गीत आफूले पहिलोपटक गाएको गायक चौलागाईंले बताउनुभयो । गीतको भिडियो युवराजकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
चौलागाईं आधुनिक र चलचित्रको पाश्र्व गायनबाट बढी चिनिनुभएको छ । ‘शीरफूले माया’ले लोक र आधुनिकमा पनि चिनाउने उहाँको विश्वस छ । सार्वजनिक गीत गण्डकी प्रदेशमा प्रसिद्ध शीरफूले भाकामा बुनिएको भएकोले सबैले मनपराउने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच