काठमाडौं । नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट खेल्ने टोली घोषणा गरेको छ । नियमित कप्तान तथा अलराउण्डर दीपेन्द्रसिंह ऐरी उपलब्ध नहुने भएपछि पुलिसले आरिफलाई कप्तानीको जिम्मा दिएको हो । दीपेन्द्र आईएल टी–२० क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) जाने हुनुभएको हो ।
टोलीमा आरिफसँगै राष्ट्रिय टोलीका कुशल भुर्तेल, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा, अर्जुन साउद र सागर ढकाल हुनुहुन्छ । यस्तै, रशिद खान, अमित श्रेष्ठ, दीलिप नाथ, श्रवण यादव, सुनिल दौल्यान, शंकर राना, अभिनाश कर्ण र दीपक सेरेला टोलीमा समेटिनुभएको छ ।
रातो बल र सेतो जर्सीमा खेलाइने प्रतियोगिता पुस २१ गतेदेखि माघ ३ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा गतवर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिम खेल्नेछन् । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेश छन् । इलिट कपका लिग चरणका खेल दुई दिवसीय ढाँचामा हुनेछ ।
यस्तै, फाइनल खेल तीन दिवसीय ढाँचामा सञ्चालन गरिने क्यानले जानकारी दिएको छ । बागमतीले सन्दीपको कप्तानीमा टोली घोषणा गरिसकेको छ । प्रधानमन्त्री कपमा आर्मीलाई ६ विकेटले हराउँदै पुलिसले उपाधि जितेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच