
रौतहट । रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरका ३ घरमा सुरुङ खनेर लाखौंको चोरी भएको छ । कच्ची घरको पछाडिबाट सुरुङ खनी गएराति चोरहरुले लाखौंको धनमाल लगेका छन् ।
स्थानीय जगरनाथ राय यादव, राम बाबु राय यादव र नेमिलाल रायको घरको पछाडिबाट सुरुङ खनी घरभित्र पसेर चोरहरुले चोरी गरेको पाइएको छ ।
शनिबार राति पौने १२ बजेतिर घरका सदस्यहरु सुतेको अवस्थामा अवस्थामा चोरहरुले सुरुङ खनी घरभित्र पसेर नगद, गरगहना, लत्ताकपडा गरी अन्दाजी पाँच लाख रुपैयाभन्दा बढीको धनमाल चोरी गरेका हुन् ।
जगरनाथ रायले आफ्नो घरबाट १ लाख नगद, लाखौंको गरगहना र बक्सामा राखिएको कपडासमेत चोरहरुले लगेको जनाएका छन् । यसै गरी नेमिलाल राय यादवले पनि आफ्नो घरबाट ३० हजार रुपैया नगद, लत्ताकपडा र लाखौं बराबरको सुन तथा चाँदीका विभिन्न गहना चोरले लगेको गुनासो गरेका छन् ।
जाडो बढेसँगै चोरीको घटनामा वृद्धि भएको देखिएको छ । केही हप्ता पहिले कटहरियामा पनि चोरीको घटना भएको थियो । चोरी बढेपछि प्रहरीले पनि सतर्कता बढाएको छ । गएराति माधोपुरमा भएको चोरीको घटनाबारे आवश्यक अनुसन्धान भइरहेको तथा चोर समूहको खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच