
काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ निर्माणको घोषणा गरिएको छ । निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा गर्नुभएको हो । पौडेलले आफूले निर्देशन गर्ने चलचित्रको थिम पोष्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गर्नुभएको हो । थिम पोष्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएछिन् । माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रूख र पहाडी शैलीको घर छ । परपर क्षितिज छ । सार्वजनिक पोष्टरले ‘कोशेढुंगा’ सोसल ड्रामा भएको प्रष्ट हुन्छ ।
नरदेवी फिल्मस्को प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता रहनुभएको छ । बाबु श्रेष्ठको डीओपी रहने चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नुहुने छ । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ ।
कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनुहुनेछ भने चलचित्रको मुख्य भूमिकामा को-को रहनेछन् त्यो भने निर्माण टिमले जानकारी दिएको छैन । सरोजले चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ निर्देशन गर्नुभएको थियो । यो चलचित्रले नेपाली फिल्म उद्योगमा सबैभन्दा धेरै कमाउने चलचित्रको रेकर्ड राखिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच