
अर्घाखाँची। अर्घाखाँची, सन्धिखर्कमा दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार पहिलो घटनामा सन्धिखर्क नगरपालिका–१०, बिहारमा चेकजाँच गर्दा सन्धिखर्क–१ का प्रतिक भनिने २४ वर्षीय शिलबन्दु कँडेललाई पक्राउ गरिएको हो। कँडेलको साथबाट ३६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो, जुन उनले पाँचसयको नोटमा लुकाएर राखेका थिए।
दोस्रो घटनामा बुटवलबाट सन्धिखर्कतर्फ आउँदै गरेको हाईस गाडी चेकजाँच गर्दा चार जना लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सन्धिखर्क–१० का २१ वर्षीय कमल प्रसाद खत्री, सन्धिखर्क–१ का २० वर्षीय सुरज कुमाल, २० वर्षीय सुजन नेपाली, र १९ वर्षीय सुमित रायमाझी रहेका छन्।
उनीहरूको साथबाट १३० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरी कार्यालयका सूचना अधिकारी विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो।
पक्राउ परेका पाँचै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच