झापा । आफ्नै घरमा सहयोगगीका रूपमा राखिएकी १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी जेल चलान भएका छन् ।
झापा जिल्ला अदालतमा आज भएको थुनछेक बहसपछि उनलाई जेल चलान गरिएको हो ।
न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका स्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिनुभयो ।
अस्वस्थ्य रहेका शिवाकोटीलाई स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीश जोशीको आदेश अनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको स्रेस्तेदार सिंहले बताउनुभयो ।
हिजो शिवाकोटीसँग बयान लिइएको थियो ।
किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ शिवाकोटी सोही दिनदेखि बीएण्डसी अस्पताल बिर्तामोडमा बस्दै आएका थिए । प्रहरीले शिवाकोटीलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो ।
शिवाकोटीको घर बिर्तामोड नगरपालिका ५ बाट भागेर ती किशोरी काँकडभिट्टा पुगेपछि शिवाकोटी पक्राउ परेका थिए ।
शिवाकोटीलाई काँकडभिट्टा प्रहरीले घरबाटै पक्राउ गरेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच