भोजपुर । भोजपुरको पर्यटकिय क्षेत्र चखेवा डाँडामा आगामी माघ एक गतेबाट सांस्कृतिक तथा पर्यटन कृषि मेलाको आयोजना हुँदैछ । मुन्दुम ट्रेल भ्रमण बर्ष २०२५ लाई लक्षित गर्दै मेलाको आयोजना गरिएको हो ।
सरकारको एक सय पर्यटकीय गन्तब्य मध्ये भोजपुरको मुन्दुम पदमार्ग पनि एक भएकाले सो मार्गको प्रचार प्रसारका लागि पनि मुन्दुम ट्रेल भ्रमण बर्षको आयोजना गरिएको आयोजक टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । पर्यटकीय मुन्दुम पदमार्गको बिषयमा पर्यटनसँग विकासलाई समेतसँगै जोड्नका लागि माघ तीन गने ‘पर्यटनसँग विकास’ बिषयमा बहस कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
यस्तै मेलाको अवसरमा भोजपुर र खोटाङका मन्त्री तथा सांसदहरुलाई समेत पर्यटन बर्ष र मुन्दुम पदमार्गका बिषय समेटिएको अवधारणा पत्र बुझाईने कार्यक्रम रहेको छ । मेलाको प्रमुख आकर्षणमा साकेला प्रतियोगिता र धनुषबाँड प्रतियोगिता समेत संचालन गरिने छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा माघ एक गतेबाट पाँच गतेसम्म टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ४ नागीको चखेवामा बृहत सांस्कृतिक तथा पर्यटन कृषि मेलाको आयोजना गरिएको छ ।
स्थानीय स्तरका कृषि उत्पादनहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हुने मेलामा कृषि प्रदर्शनीका साथै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुबाट सांस्कृतिक, सांगितिक एवं मनोरञ्जनात्मक कार्यहरु हुने टेम्केमैयुङ गाउँपालिका वडा नम्वर तीनका वडाध्यक्ष पुर्णबहादुर राईले बताउनुभयो । एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ गाउँपालिकाले मुन्दुम ट्रेल भ्रमण बर्ष २०२५ का लागि बिभिन्न कार्यक्रमहरु तय गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच