काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देशका समग्र समस्याहरुलाई संविधान संशोधनमार्फत समाधान गर्ने प्रयास भइरहेको बताउनु भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित संविधान संशोधनमाथि बौद्धिक बहस खोजपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले उपमहासचिव ज्ञवालीले मुलुकमा क्रान्तिले जगाएको अपेक्षा र अहिलेको डेलिभरीका बीचमा भएको ठूलो अन्तरले मूलुकमा समस्याहरु आइरहेको बताउनु भयाे ।
उहाँले भन्नुभयो,‘मूलुकमा अहिले धेरै समस्या छन् । क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीकोबीचमा ठूलो अन्तर छ । सबै समाधान संविधान मार्फत नै होस् भनेर संविधान संसोधन गर्न खोजिरहेको छौं । के कारणले आजको समस्या आएको छुट्याउन पर्नेछ । कति संविधानका अन्तरनीहित कमजोरीका कारणले भएको छन् र कति चाँही संविधानभित्र अभ्यास गर्ने पात्र, संस्था र प्रवृत्तिहरुका कारणले समस्या आएको छ । त्यसलाई हेर्न आवश्यक छ ।’
त्यस्तै उहाँले सबै कुराको समाधान संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्ने सोचले कहिँ पुग्न नसकिने धारणा राख्नुभयो ।
सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले स्थानीय तहमा पार्टीले समर्थन गर्न पाइने तर पार्टीको चिन्ह प्रयोग गर्न नपाइने खालको निर्वाचन पद्दती निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । देशभरी कांग्रेस एमाले माओवादी र मधेस केन्द्रीतदलहरुको प्रभुत्वका कारणले संघीयता विकास हुन नसकेको उहाँको भनाई छ ।
उहाँले भनुभयो,‘स्थानीय तहलाई यही रुपमा लाने हो भने पार्टीले समर्थन गर्न पाइने तर पार्टीको चिन्ह प्रयोग गर्न नपाइने खालको निर्वाचन पद्दती हुनुपर्छ । त्यो भयो भने मानिस अलिकति भएपनि केही हदमा स्वतन्त्र हुन्छ । देशभरी कांग्रेस एमाले माओवादी र मधेस केन्द्रीत दलहरुको प्रभुत्वका कारणले संघीयता स्वाभाविक रुपमा विकास हुन नसकेको हो ।’
त्यस्तै उहाँले अहिले कारोबारी राजनीति भइरहेको भन्दै यसबाट ननिस्कँदा सम्म संविधान संशोधन गर्न नसकिने बताउनु भयो। कारोबारी मानसिकतामा संविधान संशोधनमा हात हालेका संविधानमा आगो लाग्ने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच