काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी’ अभियान चलाउने निर्णय गरेको छ ।
सोमवार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भयो । अभियानको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय भएको उहाँको भनाइ छ ।
बैठकले जनतासँग माओवादी अभियान समाजवादका लागि एउटा कोशेढुंगा सावित हुने विश्वास लिएको उहाँले बताउनु भयो । उहाँले संविधान संशोधनका विषयमा समेत बैठकमा गम्भिर छलफल भएको उल्लेख गर्दै संविधान संशोधनभन्दा कार्यान्वयनको पक्षमा जानुपर्ने पार्टीको धारणा भएको बताउनु भयो । उहाँले संविधान संशोधन गर्नैपरेमा अग्रगमन, परिवर्तनको र जनताको अधिकार बढाउनका लागि गर्नुपर्नेमा जोड दिइएको दिइएको सापकोटाको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘बैठकमा जम्मा ११४ जनाले बोल्नुभयो । पार्टी अध्यक्षले प्रश्तुत गर्नुभएको प्रश्तावमा सबैको समर्थन भयो र पास भएको छ । पार्टीले शुरुको ६ महिना अभिायन र अभियानको ६ महिनापछि महाधिवेशनमा जाने निर्णय गरेको छ । उक्त अभियान जनतासँग माओवादी भन्ने नारासहित चलाउने निर्णय भएको छ । यो नयाँ पहलकदमी समाजवादका लागि एउटा कोशेढुंगा हुनेछ भन्ने विश्वास गरिएको छ । पार्टीका सम्पूर्ण मोर्चाहरुको सम्मेलन छ महिनाभित्र गर्ने निर्णय भएको छ । संविधान संशोधनका क्रममा समेत गम्भिर छलफल गएको छ । संविधान संशोधनभन्दा पनि त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ भन्नेमा केन्द्रित भएको छ । संविधान संशोधन नै गर्ने हो भने अग्रगमनको लागि, परिवर्तनको लागि र जनताको अधिकार बढाउनका लागि गर्नुपर्नेमा जोड दिइएको छ । राज्यका निकायमा महिला र दलितको सहभागिता बढाउनका लागि संशो हुनुपर्छ भन्ने जोड छ । समग्रमा जनताको अधिकार कटौति गर्नको लागि हैन बिस्तार गर्नका लागि र परिवर्तनका लागि एउटा ठुलो राष्ट्रिय बहस बनाएर मात्र संविधान संशोधनका लागि अगाडि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ छ ।’
माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध दिवस मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । चैतभरि तयारी गरेर वैशाख महिनाभर हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने बताइएको छ । बैठकले सबै नेताहरुले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रश्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रिय कार्यालयले सबै नेताहरुको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रुप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने प्रवक्ता सापकोटाले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच