कचनकवल-सगरमाथा अभियान सुरु

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 1 min

झापा । नेपाली कांग्रेस कोसी प्रदेश समितिले मुलुककै होचो भूमी कचनकवलबाट कचनकवल-सगरमाथा अभियान सुरु गरेको छ । ६ महिनासम्म चल्ने अभियानको कांग्रेस नेता कृष्णप्रसाद सिटौला र महामन्त्री विश्वप्रकाश शर्माले परेवा उडाएर संयुक्त रूपमा उद्घाटन गर्नुभएको हाे ।

अहिले विभिन्न जातीय झाँक्री प्रदर्शन भइरहेको छ । कार्यक्रममा कांग्रेसका केन्द्र, प्रदेश र जिल्ला तहको बाक्लो उपस्थिति छ । संगठन सुदृढीकरण, ऐतिहासिक खोज, सम्वृद्धिका आधार र जलवायु परिवर्तनको प्रभाव पहिचान भन्ने नारासहित प्रारम्भ भएको अभियानमा कांग्रेसका हजारौं नेताकार्यकर्ता सहभागी छन् ।

सगरमाथाको सोलु बलबहादुर राईको स्मृतिसभा गरेर सम्पन्न हुने प्रदेश सभापति उद्धव थापाले जानकारी दिनुभयो । प्रदेश समितिले राजनीति र सांगठनिक कार्यक्रम गर्ने पूर्वनिर्णय अनुसार कार्यक्रम सुरु भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?