काठमाडौं । यही जनवरी १३ देखि १९ सम्म भारतको नयाँदिल्लीमा हुने प्रथम खो खो विश्व कप २०२५ का लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । खो खो संघले नेपालको पुरुष तथा महिला राष्ट्रिय टिमको घोषणा गरेको हो । नेपाल खो खो संघ राष्ट्रिय टिम तयारी समितिका अनुसार गत एक महिनादेखि कीर्तिपुरस्थित कभर्डहलमा भइरहेको बन्द प्रशिक्षणबाट छनोट गरेर १५-१५ खेलाडीसहितको राष्ट्रिय खो-खो टिम घोषणा गरिएको हो ।
तयारी समितिका संयोजक एवं नेपाल खो खो संघका महासचिव शंकर महर्जनका अनुसार पुरुषतर्फ हेमराज पनेरुको नेतृत्वमा १५ खेलाडी छन् । यस्तै, महिलातर्फ सरस्वती कडायतको कप्तानीमा १५ खेलाडी छन् ।
पुरुष खेलाडीमा जनक चन्द, समिर चन्द, विश्वास चौधरी, सुरज पुजारा, रोहितकुमार बर्मा, यमन पुरी, वेदबहादुर वली, झलक विक, विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा रहनुभएको छ ।
त्यस्तै, महिला खेलाडीमा सरस्वती कडायतको नेतृत्वमा मानमती धामी, पूजा ओड, आशा थारु, दीपा विक, निशा शाही, कर्माकुमारी शाही, कञ्चन चौधरी, पुनम थारु, सम्झना विक, दिपाकुमारी विक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले रहनुभएको छ ।
पुरुष टिम प्रशिक्षकमा विक्कीराज महर्जन र महिला टिम प्रशिक्षकमा लक्ष्मी नारायण हुनुहुन्छ भने प्रशिक्षकहरूमा कयामुद्दिन मनसुर र उषा कुँवर मगर रहनुभएको छ । नेपालको पुरुष खो खो टिमले जनवरी १३ मा आयोजक भारतसँग उद्घाटन खेल खेल्ने कार्यक्रम छ । खेल इन्दिरा गान्धी स्टेडियममा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच