ललितपुर । विन्डपावर नेपालले दिगो कृषि विकास र सीमान्तकृत महिलाहरूलाई सशक्त बनाउने उद्देश्यले कोन्ज्योसोम गाउँपालिकामा एसियन डिजास्टर प्रिप्रडिनस सेन्टर एडिपिएसको आर्थिक सहयोगमा अक्वापोनिक्स प्रणालीमार्फत् जलवायु उत्थानशील कृषि परियोजना सफलतापूर्वक कार्यान्वयन गरेको छ । यो कार्यक्रमको सुरुवात प्रारम्भिक परियोजना कार्यशालाबाट भएको थियो, जहाँ अक्वापोनिक्सका बारेमा जनचेतना फैलाउने र यस परियोजनाका उद्देश्यहरू स्पष्टरूपमा परिभाषित गरिएको थियो । यो अभियानअन्तर्गत १० जना सीमान्तकृत महिलाहरू चयन भएका थिए र उनीहरूको घरधुरीमा अक्वापोनिक्स प्रणाली जडान गरिएको थियो । साथै, गुप्तेश्वरी महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा एउटा विशेष प्रदर्शन अक्वापोनिक्स प्रणाली र माछा प्रजनन् केन्द्र पनि स्थापना गरिएको थियो ।
अक्वापोनिक्स प्रणालीको प्रभावकारी कार्यान्वयन र दिगोपन सुनिश्चित गर्नका लागि विन्डपावर नेपालले विभिन्न तालिमहरूको आयोजना गरेको थियो, जसमा सहभागीहरूलाई जलवायु परिवर्तनसँग अनुकूल हुने सीप र ज्ञान प्रदान गर्दै अक्वापोनिक्सले कृषि चुनौतीहरूको समाधान गर्न कसरी योगदान पु¥याउन सक्छ भन्ने विषयमा जानकारी गराइएको थियो । महिलाहरूलाई नेतृत्व क्षमताको विकास गर्न र निर्णय प्रक्रियामा सहभागी बनाउन लैंगिक र सामाजिक समावेशितामा आधारित विशेष तालिम पनि प्रदान गरिएको थियो । साथसाथै व्यावहारिक तालिमको शृंखलामा सहभागीहरूलाई प्रदर्शन प्रणालीमा अभ्यास गराउँदै माछा र बिरुवाको हेरचाह, पानीको गुणस्तर जाँच र पोषक तत्वहरूको व्यवस्थापनसम्बन्धी ज्ञान र प्रणालीमा देखिने समस्याहरू समाधान गर्ने व्यावहारिक सीप पनि प्रदान गरिएको थियो । साथै उत्पादित तरकारीको उचित मूल्य व्यवस्थापन र बजारीकरणका लागि विन्डपावर नेपालले महिला सहकारी र निजी संस्था ‘मुठ्ठा एग्रो’ बीच समन्वय पनि गरेको छ ।
माछा उत्पादनको निरन्तरता र वृद्धि सुनिश्चित गर्ने उद्देश्यले सहभागीहरूलाई माछा प्रजनन्का प्रविधिहरूमा पनि तालिम दिइएको थियो, जसअन्तर्गत प्रजाति चयन, प्रजनन् चक्रलगायतका विषयवस्तु समेटिएको छ । साथै उत्पादनका लागि बजारको विश्लेषण, प्रतिस्पर्धी मूल्य निर्धारण र स्रोतहरूको प्रभावकारी व्यवस्थापनका लागि बजार रणनीति र वित्तीय व्यवस्थापनसम्बन्धी तालिमहरू पनि प्रदान गरिएको थियो । वातावरणमैत्री कृषितर्फको दिगो परिवर्तन र सामाजिक समावेशिता सुनिश्चितको लक्ष्य बोकेको यस अभियान अक्वापोनिक्स प्रणालीको औपचारिक हस्तान्तरणसँगै सम्पन्न भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच