हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभानमा माघी पर्व धुमधामका साथ मनाइएको छ । सोमबार राति खार्पुदोभानको शिवालयमा हजारौ भक्तजन पुगेर दर्शन गरे ।
माघी पर्व दर्शनका लागि सदरमुकाम सिमकोटसहित आसपासका गाउँबाट ठूलो मात्रामा भक्तजन त्यस यहाँ पुगेका थिए । मानसरवरबाट बग्ने कर्णाली नदिको खार्पु दोभान तीर्थस्थलमा श्रद्धालु भक्तजनको ठूलो उपस्थिति सहित माघी पर्व रमझम गरी मनाइएको खार्पुनाथ शिवलय समितिका अध्यक्ष हरिभक्त शाहीले जानकारी दिनुभयो ।
करीब दुई हजार बढी भक्तजनले खार्पु मन्दिरमा रहेको ऐतिहासिक शिवालयमा पुगेर दर्शन गरेको शाहीले बताउनुभयो । खार्पुमन्दिर भित्र सयौँ वर्ष पुरानो गुफा रहनुका साथै त्यहाँ माघी १ गते दर्शन गर्दा आफूले चिताएको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । मन्दिर परिशर क्षेत्रमा यो वर्ष शिवको ठूलो मन्दिर समेत निर्माण गरिएको छ ।
सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट तीर्थालु भक्तजन खार्पुनाथ मन्दिर दर्शन गर्न जान्छन् । रातभर आगो बालेर खार्पुनाथ मन्दिर परिसरमा फाक, चाँचि,शिवको भजन गाएर आन्नद लिने गरिन्छ । हरेक उम्मेरसमुहका समुह समुह देउडा नृत्यसहित युवाले रमाइलो गरी यो पर्व मनाउने प्रचलन रहेको अध्यक्ष शाहीले बताउनुभयो । आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने मान्यता छ ।
पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन १ गते मङ्गलबार बिहानै स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाएको शाहीले बताउनुभयो । हिउँदयामको कठ्याङग्रीदो चिसोको कुनै प्रवाह नगरी जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा छ । गएराति तीन बजेबाट शिबालय मन्दिरको भक्तजनले दर्शन गरेका थिए ।
यस्तै जिल्लाको सर्केगाड गाउँपालिका–२ रिप र ३ उनापानी गाउँमा माघी पर्वको दिन दिनभर देउडा खेलेर रमाइलो गरिरहेको जानकारी प्राप्त भएको छ । वडाले देउडा खेलको आयोजनामा गर्नुका साथै प्रतिस्पर्धीलाई पुरस्कारको समेत व्यवस्था गरेको छ । एक आपासमा विभिन्न उमेर समुहका मिलेर देउडा खेली रहेको रिप गाउँका मनपुरा कार्कीले बताउनुभयो । यस्तै तरुलको विभिन्न परिकार बनाएर एक आपासमा मिलेर खानुका साथै रमाउने गरेको कार्कीले बताउनुभयो । यस्तै गाउँ नजिक रहेको पधेरामा विहानै गएर स्नान गर्ने गरेको बताइएको छ ।
रीप गाउँमा देउडा खेलको आयोजना
जिल्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा माघी पर्वको अवसर पारी देउडा खेलको आयोजना गरिएको थियो । मंगलबार दिउँसो देउडा खेलेर रमाइलो गरेको जानकारी प्राप्त भएको छ । रीप गाउँमा तीनवटा महिला समुह विच देउडा खेलको प्रतिस्पर्धा भएको थियो । वडाले रु आठ हजार र रिप गाउँका स्थानीय भक्ती बुढाथोकीले रु दश हजार महिला टिमहरुलाई उपलब्ध गराएको जानकारी प्राप्त भएको छ ।
मंगलबार भएको देउडा खेलमा सौरा महताराको टीम प्रथम, औली कार्कीको टीम दोस्रो, भ्याल्ली बडुवालको टिम तेस्रो भएको बताइएको छ । तीनवटा महिला टीमलाई ६ हजारका दरले पुरस्कार बराबर दिइएको स्थानीय मनपुरा कार्कीले बताउनुभयो । यस्तै गाउँमा माघी पर्वको दिन दिनभर देउडा खेलेर रमाइलो गरेको जानकारी प्राप्त भएको छ ।
एक आपासमा विभिन्न उमेर समुहका मिलेर देउडा खेली रहेको रिप गाउँका कार्कीले बताउनुभयो । यस्तै तरुलको विभिन्न परिकार बनाएर एक आपासमा मिलेर खानुका साथै रमाउने गरेको बताइएको छ । गाउँ नजिक रहेको पधेरामा विहानै गएर स्नान गर्ने गरेका छन् । साथै रीप, उनापानी गाउँमा पनि माघी पर्व धुमधामका साथ मनाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच