काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पीय जोखिम न्युनिकरणका लागि भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प नभएको बताउनुभएको छ ।
बुधवार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले इतिहासबाट पाठ सिक्दै अब बन्ने घर र संरचनाहरु भूकम्प प्रतिरोधि बनाउनु आजको आवश्यकता भएको बताउनु भयो । उहाँले विकास निर्माणका कार्यमा विपद्को जोखिमलाई नसोचि दिगो विकास सम्भव नभएको बताउनु भयो ।
उहाँले प्राकृतिक विपद्लाई दैवी इच्छाशक्तिको रुपमा लिने र विपद् आइसकेपछि मात्र गम्भिर हुने हाम्रो परम्परागत नीतिलाई विगतका भूकम्पहरुले ठूलो पाठ पढाएर गएको बताउनु भयो । उहाँले भूकम्पसम्बन्धी परपम्परागत मान्यता तोड्दै र कार्यशैली सुधार्दै जोखिम न्युनिकरणका लागि सचेत हुन जरुरी रहेको बताउनु भयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘विज्ञानले समेत भूकम्पको पूर्वानुमा गर्न नसकेको परिप्रेक्ष्यमा भूकम्प रोक्न त सक्दैनौं । तर भूकम्पबाट हुने क्षति न्युनिकरण गर्नसक्छौँ । हामी यो विषयमा जानकार छौं । तर अझैपनि भूकम्पबाट हुने क्षति न्युनिकरणका लागि हामीले गर्नुपर्ने धेरै छ । विकास निर्माणका कार्यमा समेत विपद्को जोखिमलाई नसोचि दिगो विकास सम्भव छैन । प्राकृतिक विपद्लाई दैवी इच्छाशक्तिको रुपमा लिने र विपद् भइसकेपछि मात्रै कार्यमा कुद्ने हाम्रो परम्परागत नीतिलाई विगतका भूकम्पहरुले ठूलो पाठ पढाएर गएको छ । भूकम्पको जोखिम न्युनिकरणका लागि पूर्वतयारी अनिवार्य बनेको छ । ‘हुने हार दैव नटार’ भनेझैँ विपद्बाट हुने क्षतिलाई हामीले स्वभाविक प्रक्रियाको रुपमा नलिएर विपद्बाट हुने क्षतिबाट पाठ सिक्दै हामीले आजैदेखि हाम्रा परपम्परागत मान्यता तोड्दै र कार्यशैली सुधार्दै जोखिम न्युनिकरणका लागि सचेत हुनुपर्ने जरुरत छ । भूकम्पीय जोखिम न्युनिकरणका लागि भूकम्प प्रतिरोधि घर तथा भवन र सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन । भूकम्पलाई थेग्न नसकेरै हाम्रो घर एवं भौतिक संरचना भूकम्प आउँदा गल्र्यामगुर्लुम ढले र हामीले अथाह जनधनको क्षति व्यहोर्नुप¥यो । इतिहासबाट पाठ सिक्दै अब बन्ने घर र संरचनाहरु भूकम्प प्रतिरोधि बनाउन आजको आवश्यकता हो ।’
बलियो भौतिक संरचना र सजगता अपनाउन सकेमात्रै भूकम्पबाट हुने क्षति न्युनिकरण गर्न सकिने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच