काठमाडौं । अभिनेत्री वर्षा राउत र जोयस पाण्डेको मुख्य भूमिका रहेको चलचित्र ‘हिउँको गीत’को छायांकन सम्पन्न भएको छ । ओहायो राज्यको क्लिभल्याण्ड शहरमा हलिउडका चलचित्र छायांकन गरिने सुविधा सम्पन्न स्टुडियोमा छायांकन गरिएको यो चलचित्र पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा अन्तिम दृश्यको छायांकन गरेसँगै सम्पादन चरणमा प्रवेश गरेको हो । जोयश पाण्डेयसँगको संयुक्त लेखनमा तयार चलचित्रलाई विमल सुवेदीले निर्देशन गर्नुभएको हो ।
नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको चलचित्रमा भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक-फरक पुस्ताका सपना, आकांक्षा र संघर्षको कथा प्रस्तुत गरिएको निर्माण समूहले जनाएको छ । एउटा परिवार तर फरक पुस्ता, परिवेश र अनुभव बोकेका सदस्यमार्फत् चलचित्रले समग्र नेपालीभाषी भुटानीको आफ्नै देशबाट लखेटिनुअघि सरकारबाट योजनाबद्ध बर्बर यातनादेखि लखेटिएका थिए ।
त्यसपछि नेपालको शरणार्थी शिविर र अमेरिका पुगेपछि परिवारका फरक-फरक सदस्यमा देखिने संरचनात्मक र मनोवैज्ञानिक असरलाई चलचित्रको कथ्यमा समेटिएको निर्माता समुन्द्रराज घिमिरेले जनाएको प्रेस नोटमा उल्लेख छ । भारतको नयाँदिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाबाट रंगमञ्चका विभिन्न आयाम अध्ययन गरेपछि नेपाल फर्किएर थिएटर भिलेजमार्फत् नाटक लेखन, निर्देशन तथा कला निर्देशन, अध्यापनमा सक्रिय सुवेदीले भुटानी शरणार्थीका विषयमा नेपाल तथा भारतमा थुप्रै काम गरिसक्नुभएको छ ।
‘हिउँको गीत’ १२ वर्षअघि विजारोपण भएको थियो । सुवेदीले पछि यसलाई नाटकको रूपमा भारतमा प्रस्तुत गर्नुभयो, जसबाट उहाँले प्रसिद्ध तीनवटा मेटा अवार्ड पनि जित्नुभएको थियो । गत वर्ष अमेरिकामा सोही कथामा ‘हिटलर आउँदैछ’ नाममा सांगीतिक नाटकसमेत बनाउनुभएको थियो ।
‘यो चलचित्र नेपालीभाषी भुटानीको पहिलो दृश्यात्मक ऐतिहासिक दस्तावेजसमेत हुनेछ’, निर्देशक सुवेदी भन्नुहुन्छ, ‘बच्चा अवस्थादेखि पढेका, सुनेका र कथा लेखनका विभिन्न चरणमा नेपालको शरणार्थी क्याम्पदेखि नाटक निर्माणका क्रममा भेटेका सयौं व्यक्तिसँग भेटेर सुनेको अनुभवको आधारमा यो फिल्म तयार भएको हो । यसले भुटानी नेपालीको मात्र कथा भन्दैन, अमेरिका आएका संसारका आप्रवासीको कथा समेट्छ ।’
सुवेदीले चलचित्र नेपाली र अंग्रेजी गरी दुई भाषामा चलचित्र खिचिएको जानकारी गराउनुभएको छ । चलचित्र सम्पादन, ध्वनि, संगीत, रंग संयोजन तथा पर्दा पछाडिका कार्यमा फरकफरक समूहले समानान्तर रूपमा काम गर्नेछन् । कथ्य संरचना नै बेग्लै रहने अर्को चलचित्रको नाम ‘द स्नो इज सिङ्ङिङ’ राखिएको छ ।
चलचित्रलाई हृयाप्पी होम स्टुडियोजको प्रस्तुतिमा जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्रराज घिमिरेले निर्माण गर्नुभएको हो । ओहायो राज्यको एक्रोन, कोलम्बस, पेन्सिलभेनिया वरिपरिका नेपालीभाषी भुटानी समुदायको सहजीकरणमा तयार भएको चलचित्र निर्माणको अन्तिम चरणसम्म थिएटर भिलेज र गाउँ स्टुडियोले सहकार्य गर्ने छन् ।
चलचित्रमा वर्षा र जोयशबाहेक पूजा चन्द, आकाश खतिवडा, ईशिर कर्मचार्य, थोमस किथ स्कट, केदार उप्रेती, आरबी खड्का, अर्जुन रसाइली, समीर रेग्मी, मनोरथ खनाल, नीलम खनाल, इशान कर्माचार्यलगायत कलाकारको अभिनय छ ।
चलचित्रमा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका चलचित्रकर्मीले काम गरेका छन् । चिनइन गाउले खिच्नुभएको चलचित्रलाई निशान घिमिरेले सम्पादन गर्नुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच