
सर्लाही । पूर्ण अपांगता भएका दुई जनालाई ह्विलचियर गरिएको छ।
ग्रामिण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा संचालित पहुँच परियोजनाअन्तर्गत हरिपुर नगरपालिका वडा नं ९ का १० वर्षीय धीरज कुमार साह र ईश्वरपुर नगरपालिका वडा नं १० निवासी ४९ वर्षीय सुन्दरी देवी चमारलाई ह्विलचियर हस्तान्तरण गरिएको हाे।
ह्विलचियर हस्तान्तरण कार्यक्रम वडा अध्यक्षहरूको रोहबरमा सम्पन्न भएकाे हाे । हरिपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष विश्वनाथ राय र ईश्वरपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष रास नारायण चौधरीको उपस्थितिमा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।
यस पहलले पूर्ण अपांगता भएका व्यक्तिहरूको जीवनयापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच