
भोजपुर । भोजपुरको उत्तर षडानन्द नगरपालिकाको केन्द्र दिङलामा खुला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ । आठौं संस्करणकारुपमा प्रतियोगिता हुन लागेको हो । दिङ्ला ब्याडमिन्टन संघको आयोजनामा आगामी माघ १४ गतेदेखि १६ गतेसम्म खुल्ला ब्याडमिन्टन प्रतियोगिता दिङलामा आयोजना हुन लागेको आयोजक संस्थाले पत्रकार सम्मेलन गर्दे जानकारी दिएको छ ।
षडानन्द नगरपालिकाको मुख्य प्रायोजना तथा षडानन्द नगरपालिका वडा नम्वर ४ को प्रायोजनमा शहीद दिवसको अवसर पारेर प्रतियोगिता सञ्चालन हुने संघका अध्यक्ष नरेन्द्र तामाङले बताउनुभयो । संघको आयोजनमा प्रत्येक वर्ष खुला पुरुष ब्याडमिन्टन प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा पुरुषतर्फ खुल्ला डबल्स, खुल्ला ‘बी’ डिभिजन, १५ वर्षमुनिका र मिक्स डबल्स विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा खुल्लातर्फको पुरस्कार पहिलो, दोस्रो र सेमिफाइनलिष्टलाई क्रमशः नगद ५० हजार, ३० हजार र १५-१५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै ‘बी’ डिभिजनतर्फ पहिलो, दोस्रो र सेमिफाइनलिष्टले क्रमश २५ हजार, १५ हजार र सात हजार पाँच सय साथमा शिल्ड मेडल र प्रमाणपत्र पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताको मिक्स डवल्सतर्फ प्रथम हुने टिमले नगद २० हजार, दोस्रो टिमले नगद १५ हजार र सेमिफाइनलिष्ट टिमले सात हजार पाँच सयका साथमा शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै १५ वर्षमुनिको प्रतियोगितामा पहिलो, दोस्रो र सेमिफाइनलिष्टले क्रमशः नगद १० हजार, पाँच हजार र तीन–तीन हजारका साथमा शिल्ड मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । संघले पत्रकार सम्मेलनमार्फत आठौं संस्करणलाई सफल पार्न सबै पक्षसँग सहयोगको अपिलसमेत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच