
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सेयर निष्कासनको अनुमति दिएको हो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता निष्कासनको अनुमति पाएको जनाएको छ ।
प्रतिकित्ता १०० रुपैयाँमा सेयर निष्कासन हुनेछ । सेयर निष्कासनका लागि एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी नेपाल बिमा प्राधिकरणबाट लघु जीवन बिमा व्यवसाय गर्न इजाजत पत्रप्राप्त संस्था हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच