
काठमाडौं । यशोदा फुड्स प्रालिले ग्लोबल कार्यकारी निर्देशकमा जिपी शाहलाई नियुक्त गरेको गरेको छ । विगतमा सात वर्ष केडिया ग्रुप तथा २४ वर्ष चौधरी ग्रुपमा काम गर्नुभएका शाहलाई यशोदाले भित्र्याएको हो ।
कम्पनीका अध्यक्ष चुनप्रसाद पौडेलले शाहको प्रवेशले करेन्ट चाउचाउलगायतका यशोदाका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न ठूलो सहयोग पुग्ने बताउनुभयो । उत्पादन, इञ्जिनियरिङ, प्रोजेक्ट म्यानेजमेन्ट, सेल्स तथा मार्केटिङजस्ता क्षेत्रमा शाहको अनुभव रहेको छ ।
शाहले विगतमा ३५ भन्दा बढी देशमा व्यापार विस्तार, बजार प्रवद्र्धन र ब्राण्ड निर्माणमा काम गर्नुभएको छ । भारत, अमेरिका, युरोप, खाडी मुलुक, अष्ट्रेलियालगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्दै यशोदाले करेन्ट चाउचाउ, चिजबल्स, चिप्सलगायतका उत्पादन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच