
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वृहत वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा एकदेव आलेको ५६औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सबैलाई महशुस भएको खण्डमा अहिलेको आवश्यकता वृहत वामपन्थी एकताको भएको र महशुस नभएको खण्डमा ०८४ सालको निर्वाचनपछि थाहा हुने बताउनु भयो । एकदेव आलेको सपना पूरा गर्ने भए नेपालका सबै कम्युनिष्टहरुले एकीकृत पार्टी निर्माण गरेर जानुपर्ने बताउनु भयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न र सही वैचारिक राजनीतिक कार्यदिशा आवश्यक भएको बताउनु भयो ।
उहाँले पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उहाँले कतिपयले समाजवादी मोर्चा भन्ने गरेको भएपनि अहिले समाजवादी मोर्चाको परिपक्व अवस्था नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले अहिलेको अवस्थामा आन्दोलनलाई एकतावद्ध गर्ने हो भने सही वैचारिक राजनीतिक कार्यदिशामा आउनुपर्छ । सही वैचारिक कार्यदिशा अहिले नै पहिल्याउन सकिँदैन भने कमसेकम साझा आधार त छ । कमन ग्राउण्ड त छ । कमन ग्राउण्ड रुप दिएर एउटा वृहत वामपन्थी मोर्चा बनाउन जरुरी छ । अब कतिपय साथीहरु समाजवादी मोर्चा भन्नुहुन्छ । समाजवादी मोर्चाको अहिले त्यो परिपक्व अवस्था होइन । किनभने सबैले समाजवादी कार्यक्रम नै लिएका छैनन् । समाजवादी कार्यक्रम नै नलिएकाहरुले के समाजवादी मोर्चा बनाउने ? नाम मात्रैको समाजवादी मोर्चा बनाउने हो भने जेजे गरे पनि हुन्छ । होइन, साँच्चै समाजवादी मोर्चा बनाउने हो भने त समाजवादी कार्यक्रम, नीति लिएकाहरुको बीचमा नै मोर्चा बनाउने होला नि । कति वटा समूह छन् त्यस्ता ? त्यसैले हामीले यतिबेला गर्ने भनेको व्यापक वामपन्थी मोर्चा नै हो । वामपन्थी मोर्चा आवश्यक छ अहिले । अहिले यतिबेला त दुई वटा पार्टीको अधिनायकत्व चलिरहेको छ ।’
पूर्वप्रधानमन्त्री खनालले नेपाली काँग्रेस नेपालको दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको बताउनु भयो । उहाँले कम्युनिष्टहरुको मुख्य प्रतिद्वन्दी नेपाली काँग्रेस नै रहेको बताउनु भयो । नेपालको कम्युनिष्ट आन्दोलन क्रमिक रुपले विभाजित भइरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच