
भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन आजबाट सञ्चालनमा ल्याउँदै छ। करिब २० करोड ४१ लाख ५२ हजार रुपैयाँको लागतमा निर्माण गरिएको यो भवन आज प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे भवन उद्घाटन गर्ने भनी जानकारी गराइएको छ ।
नगरप्रमुख वासुदेव थापाका अनुसार उद्घाटनपछि भवनले आजैदेखि सेवा प्रवाह सुरु गर्नेछ। यसअघि टङ्कप्रसाद आचार्य प्रतिष्ठानको घर भाडामा लिई सेवा सञ्चालन गर्दै आएको नगरपालिका अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको हो।
भवन छ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा फैलिएको यस भवनमा करिब ५ सय सवारी साधन अट्ने दुईतले पार्किङ, दुईवटा लिफ्ट, ३०० जना क्षमताको सेमिनार हल, दुई बैठक कक्ष, पुस्तकालय, तालिम कक्ष, ९२ कार्यकक्ष, र स्तनपान कक्षजस्ता अत्याधुनिक सुविधा रहेका छन्। अपाङ्गमैत्री विशेषतासहितको यो भवन बाबुरत्न जेभी कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको हो।
भवन निर्माणका लागि संघीय सरकारले २ करोड रुपैयाँ, जिल्ला समन्वय समितिले ७५ लाख रुपैयाँ, र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट जुटाइएको प्रमुख कार्यकारी अधिकृत तारानाथ लुइँटेलले जानकारी दिनुभयो।
नगरपालिकाले वडा नं. २ देखि १० सम्मका वडा कार्यालय भवनहरू निर्माण सम्पन्न गरिसकेको छ भने १ नं. वडाको भवन निर्माणाधीन छ। नगर अस्पताल सञ्चालनमा ल्याउनुका साथै ठूला सडक र पुलजस्ता महत्वपूर्ण पूर्वाधारका आयोजना पनि सम्पन्न गरेको नगरप्रवक्ता रविन्द्र सापकोटाले बताउनुभयो।
भवन सञ्चालनसँगै नगरपालिकाले सुशासन, मानव संसाधन विकास, र थप सेवा प्रवाहमा विशेष ध्यान दिने जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच