राष्ट्रिय सभा निर्वाचन : गठबन्धनमा सिटको टुंगो लाग्यो, १० काँग्रेस र ६ माओवादीलाई (भिडियाेसहित)

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । राष्ट्रिय सभाको १९ सिटमा सत्ता गठबन्धनमा सिट बाँडफाँट भएको छ ।

आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुंग्याएको हो । बैठकमा सहभागी नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले १९ सिटमध्ये १० मा नेपाली काँग्रेस, ६ वटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), २ वटा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुंगो लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सहयोगमा समर्थन गर्ने दलहरुका बीचमा संयुक्त रुपले उम्मेदवारी दिने विषय टुंगो लाग्यो । जम्मा १९ वटा पदका लागि १० वटा स्थानमा नेपाली काँग्रेसले, ६ वटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), २ वटा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुंगो लागेको छ । तदनुरुप अहिलेको गठबन्धनले उम्मेदवारी दिनेछ । आफ्नो आफ्नो पार्टीमा बसेर अब छलफल गर्छौं र क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको छ, एक दुई ठाउँमा छलफल गरेर टुंगो लाग्नेछ ।’

प्रमुख सचेतक लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र बाँकी रहेका स्थानमा पार्टीमा छलफल गरेर टुंगो लगाउने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?