
काठमाडौं । ट्रायम्फ नेपालले लिगेसी राइड मोटरसाइकल र्यालीको दोस्रो संस्करण ‘ट्रायम्फ लिगेसी राइड : कुस्मा एडिसन’ माघ १० गतेदेखि माघ १२ गतेसम्म सफलतापूर्वक आयोजना गरेको छ । ट्रायम्फ मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आयोजना गरेको ट्राइम्फ लिगेसी राइडमा ३० जना ट्रायम्फ राइडरले सहभागिता जनाएका थिए । राइडरहरू नक्सालस्थित ट्राइम्फ शोरुमबाट पृथ्वी राजमार्ग र पुष्पलाल राजमार्गको सुन्दर जंगल, पहाड, झरना र नदीहरूको मनोरम दृश्य हेर्दै लगभग तीन सय किलोमिटरको अविस्मरणीय यात्रा पार गर्दै साँझ कुस्मा पुगेका थिए । कुस्माका भिरहरू बीच र कालीगण्डकी नदीको किनारमा राइडरहरूले पहिलो रात बिताए, जहाँ बोनफायर, बारबेक्यु र बिंगो खेलले यात्राका सबै थकाइ मेटायो । दोस्रो दिन रोमाञ्चकताले भरिएको थियो ।
राइडरहरूले कुस्मामा बञ्जी जम्प, स्काई वाक, जिपलाइन र स्काई स्विङ जस्ता साहसिक खेल अनुभव गरे । साहसिक दिनको अन्त्य पोखरामा भयो, जहाँ राइडरहरूले लेकसाइडमा निकै रमाइलो गरे भने तेस्रो दिन राइडरहरूले बिहान सबेरै उठेर पोखरा नजिकैको काहुँ डाँडा भ्रमण गरे । बिहानीको सूर्योदयमा अन्नपूर्ण हिमपर्वत शृृंखला र पोखरा उपत्यकालाई छोपेको सुन्दर बादलको मनोरम दृश्यले सबै राइडरमा एउटा नयाँ ऊर्जा प्रदान ग¥यो । सोही ऊर्जा र उत्साहसाथ उनीहरू काठमाडौं फर्किए ।
आयोजकका अनुसार करिब छ सय किलोमिटर लामो यात्रा सानदाररूपमा सम्पन्न भएको थियो । राइडका क्रममा ट्रायम्फ राइडरहरूले नेपालका विभिन्न पर्यटकीय स्थल अवलोकन गरेका थिए । जसले स्थानीय व्यापार प्रवद्धर्न र आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको ट्राइम्फ नेपालका प्रबन्धक सागर थापाले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘ट्रायम्फ लिगेसी राइड ः कुस्मा एडिसन एक रमाइलो मोटरसाइकल यात्रामात्र नभएर मोटरसाइकलिङ जीवनशैलीको एक अनुभव पनि हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच