![लागूऔषध खैरो हेरोईनसहित पक्राउ](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/police-prakrau.jpg)
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नभएको छ ।
अमर माध्यमिक विद्यालय उरहरिमा आयोजना गरिएको रनिङ शिल्डको मुख्यमन्त्री आचार्यले आज उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भयो। ‘प्रदेश सरकारले खेल क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेको छ । खेलका विविध विधाहरु छन् । ति विधाहरुलाई समान रुपमा प्रदेश सरकाले प्राथमिकतामा राखेर कार्यक्रमहरुमा जोड दिएको छ’उहाँले भन्नुभयो ,‘खेल क्षेत्रबाटै देशको नाम चिनाउन सकिएको छ । खेलाडीहरुको आकर्षण बढ्दो छ । सरकारले यो आकर्षणलाई कायम राख्न पूर्वाधार थप गर्ने कुरालाई प्राथमिकतामा राखेको छ भने खेलाडिहरुको क्षमता बढाउने र नियमित प्रतियोगिताको वातावरण तयार पारेको छ ।’
मुख्यमन्त्री आचार्यले खेल पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि तथा नियमित प्रतियोगिताहरूको आयोजना प्रदेश सरकारका मुख्य प्राथमिकता भित्र पर्ने उल्लेख गर्नुभयो। उहाँले खेलकुद क्षेत्रले केवल शारीरिक र मानसिक विकास मात्र नभई आर्थिक विकास, पर्यटन प्रवद्र्धन र व्यावसायिक खेलाडी उत्पादनमा समेत ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।‘नेपालमा आयोजना भएका खेल प्रतियोगितामा विदेशबाट पनि मानिसहरु हेर्न आउनु भयो । यसले खेल पर्यटनको सम्भावनालाई जागृत गरेको छ’उनले भने,‘आर्थिक समृद्धिको आधारको रुपमा खेल क्षेत्रलाई सरकारले लिएको छ ।’
खेलकुदले समाजमा एकता र समन्वयको भावना सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयो । खेलकुदले युवाहरूलाई अनुशासन, परिश्रम र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न मद्दत गरेको समेताउनु भयो । मुख्यमन्त्री आचार्यले खेलकुदलाई पर्यटन प्रबर्द्धनसँग जोडेर स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा आकर्षणको केन्द्र बनाउने योजना अघि सारिएको जानकारी दिनुभयो।
प्रदेश सरकारले स्थानीय खेल प्रतिभाहरूको पहिचान र उनीहरूको उचित व्यवस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद संस्कृतिको प्रवद्र्धन गर्दै युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने उद्देश्य लिएको छ । यो प्रतियोगिता खेलाडीहरूको सीप र आत्मविश्वास अभिवृद्धिका लागि महत्वपूर्ण मञ्च बन्ने विश्वास गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, शिक्षा प्रेमी, अभिभावक, विद्यार्थी लगायतको सहभागिता थियो । उद्घाटन सत्रमा विद्यार्थीहरुले विभिन्न झाँकी समेत प्रदर्शन गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच