![लागूऔषध खैरो हेरोईनसहित पक्राउ](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/police-prakrau.jpg)
भोजपु । भोजपुरमा पाठेघरको क्यान्सर विरुद्ध दिईने एचपिभी खोप अभियान दुई चरणमा संचालन हुने भएको छ । नौ वटा स्थानीय तह रहेको भोजपुरमा पहिलो चरणमा पाँच र दोश्रो चरणमा चार वटा पालिकामा खोप अभियान संचालनको तयारी गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बिश्व क्यान्सर दिवसको अवसर पारेर माघ २२ गते देखि २४ गतेसम्म पहिलो चरणमा भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने छ । यस्तै माघ २७ गते देखि २९ गतेसम्म षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिका र पौवादुङमा गाउँपालिकामा दोश्रो चरणको खोप कार्यक्रम संचालन हुने श्रेष्ठले बताउनुभयो ।
कक्षा ६ देखि १० सम्म अध्ययरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका गरी भोजपुरमा आठ हजार चार सय १९ जना किशोरीलाई एचपिभी खोप दिन लागिएको हो । खोप अभियान सञ्चालनका लागि जिल्लाका एक सय ३५ बिद्यालय, नौ स्थानीय तहका ८१ वटै वडा, ८१ वटा स्वास्थ्य संस्था र नौ वटा समुदाय स्तरीय खोप केन्द्र गरी दुई सय २५ खोप केन्द्र निर्धारण गरिएको छ भने जसका लागि दुई सय २५ जना स्वास्थ्यकर्मी र चार सय ५० जना स्वयम सेवक परिचालन गरिने छ ।
खोप कार्यक्रमका लागि अहिले खोप कार्यकर्ताहरुलाई पालिका स्तरीय तालिम पनि संचालन भई रहेको छ । अभियान अन्तर्गत षडानन्द नगरपालिका एक हजार पाँच सय तीन, भोजपुर नगरपालिका एक हजार तीन सय १०, रामप्रसाद राई गाउँपालिका नौ सय २९, आमचोक गाउँपालिका आठ सय ६९, साल्पासिलिछो गाउँपालिका आठ सय ४९, हतुवागढी गाउँपालिका सात सय ८६, टेम्कैमैयुङ गाउँपालिका सात सय ८२, अरुण गाउँपालिका सात सय ७१ र पौवादुङमा गाउँपालिकाका छ सय २० जनालाई पाठेघरको क्यान्सर विरुद्ध दिईने एचपिभी खोप लगाईने स्वास्थ्य कार्यालय भोजपुरले तथ्यांक बनाएको छ ।
एचपिभी विरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट बचाउने स्वास्थ्यकमीको भनाई रहेको छ । खोप कार्यक्रममा बिषयमा स्वास्थ्य कार्यालय भोजपुरले मंगलवार सरोकारवालाहरुसँग अन्तरक्रिया समेत गरेको छ ।
सोक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले खोपलाई प्रभावकारी बनाउन सवै पक्षले सकारात्मक भुमिका खेल्न जरुरी रहेको बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी नर बहादुर थापाले खोप कार्यक्रम सफल बनाउन स्थानीय तहले प्रभावकारी भुमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । प्रजिअ थापाले नागरिकलाई स्वस्थ्य बनाउने जिम्मेवारी सवैको भएकोले सक्रिय भएर प्रचार प्रसारमा जुटन पनि आग्रह गर्नुभयो ।
सन २०३० सम्ममा रोग निवारण गर्ने लक्षका साथ सरकारले यो अभियान सुरु गरेको हो । आर्थिक बर्ष २०७२/०७३ साल तिर नै खोप अभियान सुरु भए पनि नियमित हुन सकेको थिएन । बिश्वमा हरेको बर्ष पाँच लाख ७० हजार र नेपालमा दुई हजार एक सय ६९ जना पाठेघरको क्यान्सरका बिरामी देखिएको स्वास्थ्यको तथ्यांकमा उल्लेख छ । जसमा दैनिक चार जनाको ज्यान समेत जाने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच